कारोबार संवाददाता
सोमवार, मंसिर ३०, २०७६
395

नेपाल वायुसेवा निगमले हाल उडान गरिरहेको अन्तर्राष्ट्रिय गन्तव्यहरूका अतिरिक्त थप दुई गन्तव्यमा नेपाल भ्रमण वर्ष–२०२० को प्रारम्भसँगै उडान सुरु गर्ने निर्णय गरेको छ ।
निगमको मंसिर २६ गते बसेको कार्यकारी समितिको बैठकको निर्णयअनुसार जापानको नारिता मार्चको पहिलो साताबाट र चीनको ग्वाञ्जाउ मार्चको दोस्रो साता उडान गर्ने भएको छ । यी उडान थपिएपछि पर्यटकहरूको संख्यामा उल्लेखनीय वृद्धि हुनुको साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्ने निगमको दाबी छ ।

यी दुई गन्तव्यको उडान थपिएपछि ए ३२० न्यारोवडी र ए३३० वाइडबडीको उडान घण्टामा वृद्धि भै पूर्ण उपयोगमा आउने भन्दे निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा यसपछि जापानको नारिता, चीनको ग्वाञ्जाउ, भारतको दिल्ली, बैंगलौर, मुम्बई, बैंकक, मलेसिया, दुबई, दोहा र हङकङ गरी अन्तर्राष्ट्रिय स्तरमा १० गन्तव्य भएको जनाएको छ ।
निगमसँग हाल दुई ए३२० न्यारोवडी र दुई ए३३० वाइडबडी विमानहरू छन् ।