कारोबार संवाददाता
बिहिवार, मंसिर ५, २०७६
400

दमौली-तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दिपुरमा पर्यटकलाई आकर्षण गर्न सिशाको भ्युुटावर बन्ने भएको छ । बन्दिपुर गाँउपालिकाको पहलमा बन्दिपुरको टुडिखेलमा ३ करोडको लागतमा सिसाको भ्युटावर बन्ने भएको हो । बन्दीपुर आउने पर्यटकलाई थप आकर्षण गर्न गाउपालिकाले टावर निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।
टावर जमिनको सतहदेखी ५ फिट आग्लो बन्नेछ र टावरबाट हिमाली तथा पहाडी दृश्यहरु अवलोकन गर्न मिल्ने गरि दुरबिनको समेत ब्यवस्था गरिने थापाले बताए । एक्रै पटक १५ जनाले अवलोकन गर्न मिल्ने गरी टावरको डिजाइन गरिएको छ । पर्यटकहरुलाई एउटाद्धारबाट पस्ने र अर्काबाट निस्कने ब्यवस्था गरिनेछ । गाँउपालिकाले भ्युटावरको डीपीआर समेत सार्वजनिक गरिसकेको छ । डि पि आरको काम सकिए लगत्तै गाउपालिकाले निर्णय गरि टेन्डर प्रक्रियामा जाने थापाले बताए ।

टावरसँगै अत्याधुनिक शौचालय, फूल बगैंचा , चमेना गृह , कल्चरल प्रोग्राम स्थल निर्माण स्थानीय संस्कृतीहरु देखाउन मिल्ने ब्यवस्था गरिनेछ । यो नेपालकै हाल सम्मको नमूना टावर बन्ने गाँउपालिकाले दावि गरेको छ । यस सगसगै गुरुङचे डाडामा मिनि ग्रेटवाल बनाउने लक्ष्य समेत बन्दिपुर गाउपालिकाले राखेको छ ।
देश तथा बिदेश बाट हजारौं संख्यामा बन्दिपुरमा पर्यटक आउन थालेपछि केही नयाँ आकर्षण थप गर्ने अभियानमा गाँउपालिका जुटेको छ । पहाडकी रानीको नामले परिचित बन्दिपुर स्वच्छ, सफा, शान्त र कोलाहलरहित वातावरण रमाउन चाहनेको लागी आकर्षक गन्तव्य हो ।