प्रकाश लम्साल
मंगलबार, मंसिर ३, २०७६
510

बारा-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भटराईले अबको ५ वर्षमा निजगढ विमानस्थलबाट जहाज उडने घोषणा गरेका छन् । मन्त्रालयको जम्बो टोली बोकेर बारा पुगेका भट्टराईले बिहान ९ बज देखि स्थलगत अबलोकन गरी विमानस्थलको मुख्य धाबनमार्गमा पर्ने बस्तीमा सरोकारबालाहरूबीच उक्त घोषणा गरेका हुन् । उनले सरोकारबालाहरूलाई अब ५ वर्ष पछि यहिँबाट विदेश यात्रा गर्ने तयारीमा सरकार जुटेको बताउँदै अब विदेश ओहरदोहर यहि स्थानबाट गराउने सरकारको दृढसंकल्पसहित आफू स्थलगत अवलोकनमा आएको बताए ।
अवलोकन पछि कोहल्वीमा आयोजीत सरोकारवाला बिच अन्तरक्रियामा बोल्दै विमानस्थल बन्न नदिन अदृश्य अमुक शक्तिहरू सक्रिय भै लागेको बताए । उनले सरकार अमुक शक्तिहरूलाई चिर्दै केही समय भित्रै सरकारले विमानस्थल शिल्यान्यास गर्ने त्यस्ता तत्वहरूको कुनै जोड नचल्ने बताए । वातावरण र रुखका विषयका बाहीर हौवा जसरी फैलाउने काम भएको छ त्यो संख्याको १० प्रतिशत मात्रै वन विनास हुने दावी गर्दै उनले कम भन्दा कम वातावरणीय क्षतीमा ५ वर्ष भित्रै विमानस्थल संचालनमा ल्याउने रणनीती अन्तरगत सरकारले अन्तीम तयारी थालेको बताए ।

भट्टराईले विमानस्थलका बारेमा सवोच्चमा परेको मुद्दाका वियायमा सम्मानीत सर्वोच्च अदालत र न्यायधिसहरू सवै विमानस्थलको आवश्यकताका विषयमा जानफकार रहेको र मुलुककै ठुलो धनराशि लाग्ने योजना प्रती उचित न्याय मिल्ने विश्वास सरकारको रहेको बताए । उनले बारा पर्सा रौतहटका तिनै तह सवै दलका जनप्रतीनधीहरू निजगढमा विमानस्थल बनाउनुपर्नेमा एक ढिक्का एक मत रहेकोले प्रतीक्षाको घडी समाप्त हुन लाग्ेको संकेत गर्दै केहीदिनै बाकी कुरा सार्बजानीक गरिने र कसै पति सरकारको अन्याय नरहने प्रष्ट पारे । स्थलगत अवलोकनमा मन्त्रालय सचिव महानिर्दैशक सहित मन्त्रालयनै आई स्थलगत अवलोकन गरे पछि अब यो योजनाले गति लिनेमा उपस्थित सरोकारवालाहरूले सरकारले चाढो निर्माण थाल्न आग्रह गरेका थिए ।
मुआब्जाको काम करिब सकिएको र टाँगिया वस्तीका १४ सय ७६ घर भुरीलाई पुनर्वास गर्ने योजनास्थानसहित २ विकल्पमा छलफल भइरहेको र चाँडै निर्णय हुँने हुँदा विकासका लागी वास छोडन तयार टागीयावासीलाई धन्यवाद व्यक्त गरेका थिए । विश्वभर राजधानी भन्दा टाढा विमानस्थल हुने हुदा नेपालले पनि यो अवधारण अनुसार विमानस्थल र दुत्रमार्गमा सरकार लागेको र विमानस्थलको आन्तरीक कामहरू भने जारी रहेको मन्त्रीले अन्तरक्रियामा अवगत गराए । कार्यक्रममा संघीय र प्रदेशका सांसदहरू स्थानीय सरकार प्रमुख र सरोकारवालाहरूले समेत आफ्ना भनाइ राख्दै आफूहरूको साथ रहेकोले अगाडि बढ्न मन्त्री भट्टराईलाई अनुरोध गरेका थिए ।