कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६
349

धनगढी विमानस्थल आइतबारदेखि एक महिनाका लागि आंशिक रूपमा बन्द हुने भएको छ । मंसिर १ गतेदेखि एयरपोर्टको रनवे र पार्किङ निर्माण गर्नका लागि एक महिनासम्म हरेक दिन साँझ चार घण्टाका बन्द रहने भएको हो । गत जेठमा १८ सय मिटरमध्ये ४ सय २० मिटर कालोपत्रे रनवेमा र पार्किङ क्षेत्रमा ओभरलेको काम बाँकी छ ।
त्यसलाई निरन्तरता दिन दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्मका लागि बन्द आशिंक बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जनाए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाइ र १८ सय मिटर लम्बाइको कालोपत्रे रनवे छ ।