सागर परियार
बिहिवार, कार्तिक २८, २०७६
313

३२ करोडमा डीपीआर तयार

जुम्लामा निर्माण हुन लागेको कर्णालीकै नमुना हाईअल्टिच्युट ट्रेनिङ सेन्टरको डीपीआर तयार भइसकेको छ । कर्णालीमा निर्माण भएका खेलमैदान, कर्वड हल मध्यकै सबैभन्दा महँगो मूल्य झन्डै ३२ करोड ३ लाखमा डीपीआर तयार भएको छ । डीपीआर तयार भएको एक वर्ष बितिसक्यो, तर निर्माण कार्य भने मैदान सम्याउने बाहेक केही पनि भएको छैन । जुम्लामा विभिन्न विद्याका झन्डै २ सय बढी खेलाडीहरू छन् ।
अभ्यासका लागि आबश्यक पूर्वाधार नहुँदा चिन्तित भएका खेलाडीहरू अल्टिच्युट ट्रेनिङ सेन्टरको डीपीआर तयार भएको खबरले निकै खुसी थियौ । भलिबल खेलाडी लक्ष्मी महतले भने, “डीपीआर तयार भएको एक वर्ष बित्यो तर तीन तहका सरकारबाट निर्माणको कुनै पहल नहुँदा खेलाडीहरूमा निराशा छाएको बताए ।”
राम्रो अभ्यास गर्ने खेलमैदान नभएकै कारण प्रतियोगितामा सोचे अनुसार पदक ल्याउन नसकिएको समेत दुखेसो गरे । तीनै तहका सरकारले अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि पहल गर्न उनको माग छ ।
जुम्लाको पातारासी गाउँपालिकाको छुमचौरमा निर्माण हुने हाईअल्टिच्युट ट्रेनिङ सेन्टरको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोलीले २०७४ पुस ३ गते सम्भाव्यता अध्ययन गरेको थियो । अध्यायन पछि विभिन्न विद्याका खेलको अभ्यास गर्न, सुविधा सम्पन्न ट्रेनिङ सेन्टर निर्माणका लागि ३२ करोड बराबरको लागतमा डीपीआर बनाउनुपर्ने बताएपछि संघिय सरकारकै सहयोगमा ३२ करोड नमुना डीपीआर तयार भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बरमबहादुर महतले बताए ।
उनका अनुसार २ हजार ८ सय मिटर उचाइमा रहेको पातारासीको मार्सी फल्ने छुमचौरमा ट्रेनिङ सेन्टर बन्ने छ । नेपालकै गौरवको आयोजना भित्र पर्ने हाइअल्टिच्युट खेल मैदान निर्माणका लागि तीनै तहका सरकारले चासा नदिँदा डीपीआर भइसक्दा पनि निर्माण कार्य अलपत्र परेको कार्यालय प्रमुख महतले उल्लेख गरे । यस हाईअल्टिच्यूट टे«निङ सेन्टरमा बलिबल, फुटबल, कराते, बक्सिङ, तेकान्दोे, बास्केट बल, एथलेटिक्सका सम्पुर्ण खेलहरू लगायत दुई दर्जन बढीका खेल मैदान निर्माण गर्ने डिपिआरमा उल्लेख गरिएको छ ।
भने, तातो चिसो पानी भएको स्वीमिङ पुल, लैंिगकमैत्री छात्राबास, सेक्युरिटि कक्ष, पाहुना घर, गार्डेन, सभाहल, बैठक कक्ष, प्रशिक्षक आवास, टिकट काउन्टर लगायत तीन दर्जन बढी पूर्वाधारहरू भूकम्प प्रतिरोधी निर्माण गरिने डीपीआरमा उल्लेख गरिएको महतको भनाइ छ ।
पर्यटन प्रवद्र्धनका लागि टे«निङ सेन्टर
जुम्लाको पातारासी गाउँपालिकामा पर्यटकिय सम्भावनाहरू थुप्रै छन् । विश्वकै अग्लो स्थानमा कालीमार्सी धान फल्ने छुमचौरमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण गरेर पर्यटन प्रबद्र्धन गर्ने दोस्रो लक्ष्य रहेको समेत खेलकुद विकास समितिले बताएको छ । त्यहाँस्थित मालिका मावि लोडचौरलाई अन्त सार्ने विषयमा समेत छलफल भइरहको छ । खेलाडीहरूका लागि राहातसँगै आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउन हाई अल्टिच्युट ट्रेनिङ सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने समेत पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।
‘विश्वकै अल्लो स्थानमा धान फल्ने गिनिज बुकमा रेर्कड कायम भएको छुमचौरमा पर्यटकीय गतिविधि बढाउन समेत योगदान पुग्ने विश्वास छ । निर्माणका लागि जुम्लाका स्थानीय सरकारले चासो नदिँदा डिपिआरनै अलपत्र हुने अबस्था छ । तर, खेलकुद विकास समितिका कार्यालय प्रमुख भने दिनरात लागि परेका छन् । यता पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले स्थानीय सरकारको लगानीले निर्माण हुने स्थिति नरहेको बताए ।