कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६
248

अक्टोबर २०१९ मा २४ हजार ४ सय ७७ पर्यटकहरूले गण्डकी प्रदेशको भ्रमण गरेका छन् । सन् २०१९ को सेप्टेम्बर महिनामा १८ हजार ३ सय ५१ पर्यटक आएका थिए । अक्टोबर पर्यटकीय आगमनका हिसाबले व्यस्त सिजन भएकाले अघिल्लो महिनाको तुलनामा अक्टोबरमा आएका पर्यटकको संख्यामा ३३.३३ प्रतिशतको वृद्धि देखिएको छ । गण्डकी प्रदेशका कास्की जिल्लास्थित पोखरा विमानस्थल कार्यालय, तनहुँको आँबुखैरेनी र स्याङ्जाको गल्याङस्थित प्रहरी चौकीहरूले संकलन गरेको अन्तर्राष्ट्रिय पर्यटकहरूको तथ्यांकअनुसार सन् २०१९ को अक्टोबर महिनामा गण्डकी प्रदेश भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्या निम्नानुसार छ ।
पर्यटक आगमनकोे प्रवृत्ति हेर्दा यस महिनामा लगभग ५६ प्रतिशत पोखरा विमानस्थलबाट, ३८ प्रतिशत पृथ्वीराजमार्ग भएर आएका छन् । यसरी नै गण्डकी प्रदेश भित्रिने पर्यटकहरूमा तेस्रो मुलुकका पर्यटकको हिस्सा ७२.५ प्रतिशत छ । गण्डकी प्रदेशको नवलपुर जिल्ला भ्रमणमा आएका पर्यटकहरूको संख्या भने समावेश गरिएको छैन ।