दीननाथ बराल
बिहिवार, कार्तिक १४, २०७६
115

गण्डकी प्रदेशमा ५४ सय रुममा १० हजार बेड

पोखरा-गण्डकी प्रदेशका ११ जिल्लामा सञ्चालन भएका घरवास कार्यक्रम (होमस्टे) ले एकै रातमा १० हजार जना पाहुनालाई स्वागत सत्कार गर्न सक्ने भएका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गत आर्थिक वर्ष २०७५÷०७६ मा २ सय ७४ होमस्टे छनोट गरी विशेष अनुदानसहितको प्रबद्र्धन कार्यक्रम सञ्चालन गरेसँगै हाल एकै रातमा प्रदेशका होमस्टेले १० हजार जना पाहुनालाई व्यवस्थापन सहितको स्वागत सत्कार गर्न सक्षम भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए ।
मन्त्री लम्सालले प्रदेशको होमस्टेल प्रबद्र्धन कार्यक्रमले धेरै गाउँका मुहार फेरिने अवस्थामा पुगेको बताए । मन्त्री लम्सालका अनुसार हाल प्रदेशका २ सय ७४ वटा होमस्टे गाउँमा हाल ३ हजार ४ सय २ वटा होमस्टेका घर रहेका छन् । उनले भने, “यो तथ्याङ्क हाम्रो अभिलेखमा उल्लेख भएको मात्र हो, यसमा अझ धेरै पर्यटकहरू राख्न सकिने गरी गाउँघरमा होमस्टेको घर, कोठा, र रुम विस्तार हुने क्रम जारी छ, हाम्रो लगानी उचित ठाउँमा सही ढंगले प्रयोेग भएको हाम्रो दाबी छ ।” मन्त्रालयले उक्त होमस्टेको बारेमा समेटेर तयार पारेको सामुदायिक होमस्टे दर्पण प्रकाशन गरेको छ ।
जसमध्य ५ हजार ४ सय २५ वटा कोठामा ९ हजार ६ सय ६६ वटा रुम छन् । पर्वत र म्याग्दीको एक÷एक होमस्टे बाहेक छनौटमा परेका सबैजसो होमस्टेलाई गरी प्रदेश सरकारले २७ करोड ८१ लाख ४० हजार ४ सय ८२ रुपैयाँ अनुदान दिएको मन्त्री लम्सालले जनाए । उनका अनुसार छनोटमा परेका होमस्टेलाई १० देखि १५ लाखसम्म होमस्टे विकास पूर्वाधारमा अनुदान दिइएको हो । उक्त होमस्टे स्थापना भएसँगै स्थानीयको सामाजिक र आर्थिक गतिविधि बढेको ग्रामीण क्षेत्रको समृद्धिको बाटोमा एक कदम अघि बढेको मन्त्रालयको दाबी छ ।
मन्त्रालयले हालै प्रकाशन गरेको उक्त दपर्णमा उल्लेख भएको तथ्याङ्कअनुसार गोरखामा २२ वटा होमस्टेमा ३ सय २४ घर हुँदा ४ सय ४९ कोठामा एकै रातमा ८ सय ८५ जना आन्तरिक तथा बाह्य पर्यटकलाई राख्न सकिन्छ । मनाङमा २ होमस्टे छन् जसमा ४१ घर, ८२ कोठामा एकै रातमा १ सय ८० जनालाई व्यवस्थापन गर्न सकिन्छ । त्यसैगरी लमजुङमा २३ वटा होमस्टे हँुदा २ सय ९२ घरका ५ सय ७४ वटा कोठामा होमस्टेमा १ हजार १ सय ८ जना पर्यटकलाई राख्न सकिन्छ । कास्कीमा ३६ वटा होमस्टे हुँदा ६ सय ५८ वटा घरमा १ हजार ४ सय वटा कोठामा २ हजार ४ सयभन्दा बढी बेड छन् । पर्वत र तनहुँमा सबै धेरै होमस्टे मन्त्रालयमा छनोटमा परेका थिए । दुवै जिल्लामा समान ४७ वटा होमस्टे छनोटमा परेका थिए । सबैभन्दा कम मनाङमा २ वटा होेमस्टे छनोटमा परेका हुन् । पर्वतका ४ सय २६ घरमा ७ सय ३३ वटा कोठामा १ हजार ४ सय ४० जना पर्यटकलाई एकै रातमा व्यवस्थापन गर्न सकिन्छ । तनहुँमा भने ७ सय ३३ घरमा, ९ सय ३० वटा कोठामा १ हजार ९ सय ५५ वटा बेड छन् ।
फेवातालको सिमाङ्कनको काम संघीय सरकारले समयमै गर्न नसक्दा आफूहरूले फेवातालको सौन्दर्यताका लागि कुनै काम अघि बढाउन नसकेको मन्त्री लम्सालले जनाए । उनले भने, “अब संघिय सरकारले नापि कार्यालयलाई १५ दिनभित्र सिमाङ्कन गर्न निएको निर्देशनअनुसार फेवातालको सिमाङ्कन भएसँगै हामीले फेवातालको संरक्षणका लागि हामीले पोलहरू तयारी अवस्थामा राखेका छौं, फेवातालको सौन्दर्यतामा पनि स्थानिय निकायसँगको सहकार्यमा काम गर्छौं ।” प्रदेशमा हाल जारी आन्तरिक पर्यटन वर्ष सन् २०१९ को अवसरमा आफूहरूले सोचेअनुसार पर्यटन प्रबद्र्धन भएको मन्त्री लम्सालले जनाए । पोखरा मात्र केन्द्रित हुने गरेको पर्यटन यस वर्षदेखि पोखराबाट विकेन्द्रीकरण हुँदै आएको उनको भनाइ थियो ।
होमस्टेमा प्रतिव्यक्ति आवासीय सहितको एक रातको ७ सयदेखि १ हजार १ सय रुपैयाँसम्म लिने गरेको पाइएको छ । विभिन्न गाउँमा होमस्टे भएसँगै स्थानीय गाउँ ठाउँमा उत्पादन भएको खाद्यवस्तु सहितको फलफूल तरकारीको स्थानीय रूपमै खपत हुँदै आएको छ । प्रदेश सरकार गठन हुनु पूर्व प्रदेशमा करिब ५० वटा जसो होमस्टेहरू सञ्चालन भएका थिए ।