दीपेन्द्र थापा
आइतवार, कार्तिक १७, २०७६
2629

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले बोइङ–७५७ एसीबी विमान आपसी समझदारीबाटैबिक्री गर्ने भएको छ । निगम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बीचको समन्वयको अभावले गर्दा ६ महिना अगाडि बिक्री गर्ने तयारी भएको बोइङ–७५७ त्यसै थन्किएर बसेको छ ।
समन्वय अभाव र फितलो व्यवस्थापनका कारण यो विमान बिक्री हुन सकेको छैन । अब भने यसै साता सूचना जारी गरेर निगमले आपसी समझदारीमै खरिद गर्न आउने कम्पनीलाई बाटो खोलेर वार्तामार्फत विमान बिक्री गर्न लागिएको निगमका प्र्रवक्ता गणेशबहादुर चन्दले बताए ।“निगमले कही दिनमानै सूचना प्रकाशित हुँदैछ,विमान खरिद गर्नको लागि इच्छुक कम्पनीहरूसँग वार्तामार्फत विक्री प्रक्रिया टुंगो लगाउँछौं,”उनले भने ।

सञ्चालक समितिले कार्यविधि बनाएरै बिक्री प्रक्रिया अगाडि बढाएको हो । बढी मूल्य तिर्ने कम्पनीलाई विमान बिक्री गर्नेनिगमको भनाइ छ ।विमानको मूल्यांकन गर्नको लागिस्वीस कम्पनी फिन्टेक ग्लोबललाई छनोट गरिएको थियो ।
कन्सल््यान्ट छनोट गरेको कम्पनीले विमान बिक्रीको लागि प्रतिवेदनमा बढीमा ५२ हजार ९६ लाख अमेरिकी डलर कममा ४३ लाख ३३ हजार अमेरिकी डलरमा बिक्री गर्न सकिने सुझाउदै प्रतिवेदन वुझाएको थियो । निगमले ३ पटक ग्लोबल टेन्डर आह्वान गर्दा पनि विमान खरिदको लागि उपयुक्त कम्पनीको टेन्डर नपरेकोले समझदारीमा जाने निर्णय गरेको हो । मर्मतसम्भार गर्नका लागि धेरै रकम खर्च गर्नु परेको र विमान पुरानो हुँदै गएकाले विमानको सञ्चालन,इन्धन खर्च बढिरहेको पाइएपछि निगमले कर्णाली विमान वेच्ने निर्णय निगमले गरेको थियो । सन् १९८०मा तत्कालीन शाही समयमा अमेरिकन वोइङ कम्पनी सँग ऋणमा विमान खरिद गरिएको थियो ।