दीननाथ बराल
आइतवार, आश्विन ५, २०७६
204

पोखरा क्षेत्रिय अन्तर्राट्रिय विमानस्थलको करिब ४७ प्रतिशत निमार्ण कार्य सम्पन्न भएको छ । पोखरा विमानस्थल निमार्णको हाल करिब ४७ प्रतिशत भन्दा बढी काम सम्पन्न भएको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण आयोजनका प्रमुख विनेस मुनाकर्मीले बताए ।
अर्थमन्त्री डा.युवराज खतिवडालाई पोखरा विमानस्थलको हाल भएको प्रगति विवरण प्रस्तुतः गर्दै प्रमुख मुनाकर्मीले पोखरा विमानस्थल निर्माणको कार्य तिव्र गतिमा भएको बताएका छन् ।

मन्त्री खतिवडाले निकै चासो दिएर पोखरामा ठूला जहाज ल्याउन मिल्छ भने सम्भावना खोज्न प्राविधिकसहितको टोलीलाई आग्रह गरेसँगै प्रमुख मुनाकर्मीले पोखरामा बस्तीको बिचमा विमानस्थल भएको र पोखरा वरिपरि डाँडाहरु भएकाले ठूला जहाज भन्दा मध्यम प्रकृतिका जहाज नै उपयुक्त हुने बताएका थिए ।
२ हजार ५ सय मिटरको रन वे तयार भएको बताउँदै प्रमुख मुनाकर्मीले थप रन वे भन्दा इनर स्टरेज, ह्याङगरलगायतको लागि थप एक सय ३० रोपनी जग्गा अधिग्रह गर्नुपर्ने आवश्यक भएको बताएका थिए ।
हालसम्म ९५ प्रतिशत जग्गा मुआब्जा विवाद टुंगिएको र बाँकी ५ प्रतिशत विभिन्न कारणले गर्दा रहेको उनले बताए । चिनियाँ सिएएमसी कम्पनीले निर्धारित मिति सन् २०२१ जुलाइ १० भन्दा करिब ६ महिनाअघि काम सक्ने गरी निर्माण कार्यलाई तिव्रता दिएको प्रमुख मुनाकर्मीले बताए । उक्त परियोजनामा हालसम्म करिब ८ अर्ब ५० करोड रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गरेको उनले बताए ।
पोखरा विमानस्थलको पेरीफेरीमा सडक निर्माण सहितको भौतिक संरचनाको काम भइरहेको प्रमुख मुनाकर्मीले बताए । थप जग्गा अधिग्रहण गर्दा करिब ५१ करोड खर्च भएको र बाँकी केहीका लागि ६ करोड रुपैयाँ आवश्यक भएको उनले बताए । उक्त निर्माणमा थप केही समस्या रहेको उनले बताए ।
प्रमुख मुनाकर्मीले त्यहाँको जमिन खन्दा कडा माटो देखा परेको जसलाई खन्दा ढुंगा फोर्ने मेसिन प्रयोग गर्नुपरेको र केही सुकुम्बासी समस्या समेत रहेको उनले जनाए । उक्त परियोजनामा १४ वटा विभिन्न भवनहरुको निर्माण हुने क्रममा हालसम्म अधिकाशं भवन निर्माण भएको प्रमुख मुनाकर्मीले बताए ।
रनवे, ट्याक्सी वे, ह्याङगरसहितका केही संरचना हाल निर्माण कार्य सकिएको टर्मिनल भवन, टावरलगायतका भवनको फाउण्डेसनको काम सकिएसँगै अब स्टिल स्टक्चरको काम सुरु भएको उनले जनाए । मन्त्री अतिवडाले गुणस्तरलाई समेत मध्यनजर गरी विमानस्थल निर्माण गर्न सुझाव दिए ।
पोखरा विमानस्थलको रिङरोडको लागि १० किलोमिटर सडक निमार्ण गर्ने प्रमुख मुनाकर्मीले बताए । पोखरा विमानस्थल करिब २२ अर्बको लगानीमा सन् २०२१ जुलाइ १० भित्र सकिने गरी चिनियाँ ठेकेदार कम्पनीले हाल निमार्ण कार्यलाई तिव्र पारेको छ । अर्थ मन्त्रालयसँग सहायक ऋण सम्झौता भएसँगै २०१७ को जुलाई ११ (२०७४ असार २७ गते)बाट निमार्ण कार्य सुरु भएको हो । ५ प्रतिशत व्याजदरमा २० वर्षको अवधिमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको थियो । सुरुको ७ वर्ष भने (ग्रोस अवधी) कुनै किस्ता तिर्न पर्दैन भने त्यसपछि १३ वर्षसम्म ६÷६ महिनामा किस्ता तिर्नुपर्छ ।
चिनियाँ सि.ए.एम.सी. कम्पनीका जनसम्पर्क अधिकृत कृष्णप्रसाद चापागार्इंले नेपाल सरकारले तोकेको समय सिमा भन्दा केही महिनाअघि सक्ने गरी हाल निमार्ण कार्य तिव्र पारिएको जनाए ।
२०७२ वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गरेसँगै ऋण सम्झौता गर्न प्राविधिक कारणले गर्दा एक वर्ष ढिलो गरी निर्माण सुरु भएको थियो ।

 


सातामा धेरै पढिएको