कारोबार संवाददाता
बिहिवार, आश्विन २, २०७६
348

नेपाल वायुसेवा निगमले जापानको ओशाकामा अन्तर्राष्ट्रिय उडान सुरु गरेको सन्दर्भमा नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले अन्तरक्रिया कार्यक्रमको आयोजना ग-यो ।
नाट्टाका अध्यक्ष सीएन पाण्डेले करिब १२ वर्षपछि भए पनि निगमले जापानको ओशाकामा अन्तर्राष्ट्रिय उडान गर्नु नेपालको पर्यटन उद्योगको लागि सकारात्मक कदम भएको भन्दै उडाको निरन्तरतामा जोड दिए । उनले व्यवसाय सुरु गरेपछि एकै पटक मुनाफा नहुने भएकाले उडानको विश्वश्नीयतका लागि निरन्तर उडानमा निगमको ध्यानाकर्षण गराए ।

निगमका कमर्सियल डाइरेक्टर टंकनिधी दाहालले निगमले जापान उडानमा निगम लागिरहेको र चाँडै टोकियोमा उडान गर्ने निगमको योजना रहेको बताए । उनले निगमको उडानमा विस्तारै यात्रुको चासो वृद्धि भइरहेकाले एयरफेयरलाई पनि प्रतिस्पर्धी बनाएर यसलाई रिलायबल बनाउँंदै निरन्तरता दिनेछौं । सरोकारवाला निकायले जापान उडानलाई के कसरी दिगो र भरपर्दो गर्न सकिन्छ भन्नेतर्फ निगमको ध्यानाकर्षण गराए ।
निगमका कमर्सियल डाइरेक्टर टंकनिधी दाहाल, नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी, जापान इनवाउन्ड टुर अपरेटर्स कम्पनीहरू र नाट्टा कार्यसमितिका सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

 


सातामा धेरै पढिएको