नेगम परियार
आइतवार, भदौ २९, २०७६
319

मनाङ-हिमालपारीको जिल्ला मनाङमा पर्यटक सिजन सुरु भएसँगै पर्यटन सुरक्षालाई तिब्रता दिईएको छ । मनाङ जिल्लाको चामे गाउँपालिका नजिकै रहेको कोतो गाउँबाट प्रस्थान गरिने मनास्लु पदमार्गमा पर्यटक सुरक्षालाई ध्यानमा दिदै जिल्ला प्रहरी कार्यालय चामे मनाङले पहिलो पटक मनास्लु पदमार्गको मनाङ खण्डमा पर्यटक सुरक्षा गस्ती सञ्चालन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीको नेत्रीत्वमा मनाङ खण्डमा पर्ने मनास्लु पदमार्ग तर्फ पर्यटक सुरक्षा गस्ती गरिएको कार्कीले बताए । मनाङ खण्डमा पर्ने मनास्लु पदमार्ग अन्र्तगत नासोँ गाउँपालिका ७ तिल्चे गाउँ देखि मनास्लु हिमाल तर्फ मनाङ–गोरखा सिमानामा पर्ने लार्के भन्ज्याङ सम्म गस्ती गरेको हो । गस्तीसंगै सो पदमार्गमा सुरक्षा, स्थानिय होटल रेस्टुरेण्टको अवस्था, पर्यटकीय वातावरण लगायतका बिषयको निरिक्षण समेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।

सोही पर्यटकिय गस्ती कार्यक्रममा उक्त स्थानका समुदायमा रहेको स्थानियहरूसंग समेत छलफल गरिएको कार्कीले बताए । कार्कीका अनुसार स्थानिय शान्ती सुरक्षालाई ब्यवस्थीत बनाउन पर्यटक सुरक्षा , उद्धार तथा ब्यवस्थापनका लागी स्थानिय स्वयंसेवा समुह गठन गर्ने, समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार समुदायमा बिभिन्न सचेतनामुलक कार्यक्रमहरू गर्ने , मनास्लु पदमार्गमा आउने पर्यटकहरूको सुरक्षा तथा बिपद ब्यवस्थापनका लागी आवस्यक समन्वय र सहकार्य गर्ने , पर्यटक पूर्व सुरक्षा लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने जस्ता बिषयमा छलफत तथा निर्णय समेत गरेको कार्कीले बताए ।
जिल्ला प्रहरी कार्यालय चामे मनाङले यस बर्षबाट थालनी गरेको पर्यटक सुरक्षा गस्ती कार्यक्रम अन्र्तंगत यस अघि पनि मनाङ र मुस्ताङको सिमा क्षेत्र थोरङ्गलापास सम्म पर्यटक सुरक्षा गस्ती गरेको थियो । चामे गाउँपालिका अन्र्तगत चामे बजारबाट नयाँ गन्तब्य काजिनसारा ताल , बिश्वकै सबै भन्दा उचाईमा रहेको तिलिचो ताल, मनाङ जिल्लाकै बिकट नार्पाभुमी गाउँपालिका नार फु क्षेत्र लगायतका स्थानहरूमा सुरक्षा अवस्था अवलोकन गरी सुरक्षा ब्यवस्था थप ब्यवस्थीत बनाउन सबैसंग समन्वय गर्दै आएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख तथा प्रहरी नायब उपरिक्षक कार्कीले बताए ।