कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६
909

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले विमान थप गरेको छ । एयरलाइन्सका कर्पाेरेट म्यानेजर अनिल मानन्धरका अनुसार कलसाइन नाइन एन एएनएफ विमान आइतबार काठमाडौं आइपुगेको छ । योसँगै श्री एयरलाइन्सको विमान संख्या ५ पुगेको छ ।
बम्बाडियर कम्पनीले क्यानाडामा निर्माण गरिएको विमान ८० सिट क्षमतायुक्त क्यू ४०० विमान रहेको मानन्धरले बताए । सोही मोडेलको अर्काे विमान भने करिब २ सातामा काठमाडौं आइपुग्ने मानन्धरको भनाइ छ । यो विमानबाट जनकपुर, सिमरा र पोखरा उडान भर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीले ४ विमानबाट तराईका क्षेत्रमा उडान भर्दै आएको छ । एयरलाइन्सले बंगलादेशसहित भारतका ४ सहरमा उडान गर्नका लागि आन्तरिक तयारी गरिरहेको छ ।