कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६
440

निजी क्षेत्रको हवाई सेवा प्रदायक श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टड उडानको अनुमतिपत्र पाउनका लागि परीक्षण उडान गरेको छ । एयरलाइन्सले सोमबार भारतको बनारसमा परीक्षण उडानसमेत सम्पन्न गरेको छ । योसँगै श्रीले अब उडान अनुमतिपत्र (एओसी) प्राप्त गर्नेछ ।
एओसी प्राप्त गर्नका लागि हामीले चार्टर उडान गरेर सम्पन्न गरेका छौं, एयरलाइन्समा महाप्रवन्धक अनिल मानन्धर भने, “अब सबै अन्तर्राष्ट्रिय उडान गर्नका लागि अनुमतिपत्र पाउने बाटो खुलेको छ ।” अन्तर्राष्ट्रिय उडानका लागि ६ महिना पहिला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमति माग गरेको थियो ।

एयरलाइन्सले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी सहितको टोलीले वनारसको चार्टर उडान परीक्षण गरेको थियो । योसँगै एयरलाइन्सले एओसी प्राप्त गर्नका लागि सबै मापदण्डसमेत पूरा गरेको छ । श्री एयरलाइन्सले ५० सिटको जेट विमानमार्फत वनारासमा उडान गरेको थियो । एयरलाइन्सले हाल तराईका क्षेत्रमा उडान गरिरहेको छ ।
यसअघि निजी क्षेत्रकै हवाई सेवा प्रदायक कम्पनी बुद्ध र हिमालय एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडान अनुमति पाएका छन् ।