दिपेन्द्र थापा
बिहिवार, श्रावण २३, २०७६
352

निजी तथा सरकारी हवाई सेवा प्रदायक कम्पनीले पालट अभाव झेलिरहेको बेला पाइलट उत्पादन गर्न लक्ष्यसहित सरकारले ‘फ्लाइङ स्कुल’ स्थापान गर्ने भएको छ ।
नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा नै फ्लाइङ स्कुल स्थापना गर्न योजना रहेको बताए । बुधबार सिहंदरबारमा आयोजित पत्रकार भेटघाटमा मन्त्री भट्टराईले स्वदेशमा नै पाइलट उत्पादन गर्ने लक्ष्य साथ सरकारले फ्लाइङ स्कुल स्थापान गर्ने अवधारणा रहेको प्रष्ट पारे । उनले भने, “५० लाखभन्दा बढी खर्च गरेर पाइलट पढ्न बिदेसिन पर्ने बाध्यता रहेको छ, स्कुल स्थापानसँगै स्वदेशमा नै कम लागतमा पाइटल अध्ययनको ढोका खुल्ने छ ।” नेपालमा रहेको पाइलटको मागलाई सम्बोधन गर्नका लागि सरकारले स्वदेशमा नै पाइलट अध्ययन केन्द्र स्थापान गरी जनशतिm उत्पादनको केन्द्र स्थापान गर्न लागेको मन्त्रालयले जनाएको छ । स्कुलको पाठ्यक्रम विकास, नियमन, गुणस्तरको मापदण्ड तय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने मन्त्रालयका सह–सचिव सुरेश आचार्यले बताए । कुन विमानस्थलमा परीक्षण उडान गर्न अध्ययनको मोडालिटी कस्तो बनाउने भनेर प्राधिकरणको सहकार्यमा सो स्कुलले गर्ने अचार्यको भनाइ छ ।

स्कुल स्थापानका लागि सरकरले केही हिस्सा लगानी गर्ने छ भने, हवाई सेवा प्रदायक कम्पनीहरूलाई पनि सो फ्लाइङ स्कुलमा लगानी लगाउनुपर्ने मन्त्री भट्टराईले बताए । उनले भने, “हवाई सेवा प्रदायक कम्पनीहरूलाई नै पाइलट चाहिने भएकाले गर्दा सो कम्पनीहरूले पनि स्थापान गर्न, लगानी लगाउने विश्वास लिएको छु ।”
मन्त्रालयले फ्लाइङ स्कुलसम्बन्धी अवधारण सहितको विस्तृत योजना चाँडै ल्याएर स्थापनाका लागि काम थाल्ने मन्त्री भट्टराईको भनाइ छ । मन्त्री भट्टराईले उड्डयन विद्यालय स्थापनासम्बन्धी विस्तृत योजना केही दिनभित्रै ल्याउने घोषणा पनि गरे ।
साथै मन्त्रालयले नेपालको पर्यटन क्षेत्रको अध्ययन अनुसन्धान गर्नका लागि सरकारले पर्यटन प्रतिष्ठान स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले स्थापना गर्न पर्यटन विश्व विद्यालयको स्थापनाको काम थालिसकेको छ ।
निजगढ विमानस्थल लाई विश्वकै सानदार विमानस्थल बनाउनमा आफ्नो ध्यान केन्द्रित हुने मन्त्री भट्टराईले बताएका छन् । सन् १९८५ बाट दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बहस जारी रहेको भए पनि त्यसले मुक्तरूप दिन नसकेको अवस्था छ । मन्त्री भट्टराईले भने, “निजगढलाई विश्वकै सानदार विमानस्थल बनाउने हो । म वन विनाश गर्न र विधोङ्स गर्न आएको होइन,” मन्त्री भट्टराईले भने, “अर्का विमानस्थलको विकल्प नखोजिने र निजगढ विमानस्थलको काम अगाडि बढ्छ, सन् २०१९ भित्रै शिलान्यास हुन्छ ।”
निर्माणाधीन गौतमबुद्ध र पोखरा विमानस्थलको गति लिएको छ । क्रमशः ७३ प्रतिशत र ४५ प्रतिशत भौतिक प्रगति भएको छ । गौतम बुद्ध विमानस्थलको सञ्चालनका लागि जर्मनको म्युनिक कम्पनीहरूले इच्छा देखाएका छन् । यसको सञ्चालन गर्नका लागि एक समिति गठन भएको छ, सो समितिले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रालयले निर्णय गर्ने मन्त्री भट्टराईले बताए ।
कार्यदल गठन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको सुधारका लागि ‘निगम सुधार सुझाव’ कार्यदल गठन गरेको छ । निगमको विभिन्न पक्षहरूको वर्तमान अवस्था, समस्याहरू र सुधारका उपाय पहिल्याउँदै सुझाव पेग गर्नका लागि पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा ५ सदस्य कार्यदल गठन गरेको छ ।
कार्यदलले एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन तथा उक्त सुझावहरूको कार्यान्वयन कार्य योजनासमेत पेस गर्न गरी बुधबार मन्त्रीस्तरको निर्णयले निगम सुधार सुझाव कार्यदल गठन गरेको मन्त्रालयद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
कार्यदलमा संयोजक सुशील घिमिरे, पूर्व सचिव, सदस्यहरूमा प्रमोद कर्ण, लेखा विज्ञ (चार्टर्ड एकाउन्टेन्ट),डिम प्रकाश पौडेल, व्यवस्थापन विज्ञ, सुधीर शमशेर राई, क्याप्टेन, सदस्य सचिवमा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई तोकिएको छ । कार्यदलको जिम्मेवारीमा निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने । निगमको वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने ।
निगमको कानुनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवं व्यावसायिक क्षमतामा रहेका समस्याहरू पहिचान तथा विश्लेषण गर्ने । उल्लेखित सबै पक्षहरूमा गर्नुपर्ने तत्कालीन र दीर्घकालीन सुधारहरूको समयबद्ध ठोस कार्ययोजना पेस गर्नेछ ।