कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६
255

ताप्लेजुङ- जिल्लाको सुकेटार विमानस्थलमा मंगलबार नेपाल वायुसेवा निगमको थ्–ज्ञद्द जहाजले परिक्षण उडान गरेको छ । गत असार ४ गतेदेखि उडान बन्द भएको विमानस्थलमा निगमले चीनबाट ल्याएको जहाजले परीक्षण उडान गरेको हो । निगमका स्टेसन इन्चार्ज राजु कार्कीका अनुसार पश्चिम भेगमा सफल उडान गरेकाले यहाँका लागि समस्या छैन ।
निगमले ताप्लेजुङ–काठमाडौं साताको दुई पटक उडान गर्ने गरेको थियो । तर, डेढ महिनायता उडान नहुँदा सेवाग्राही मर्कामा परेका थिए । सुकेटारका होटल व्यवसायी रुद्र तिवारीले कालोपत्रे धावन मार्ग हुँदा पनि विमान बन्द भएकामा गुनासो पोखे । तिवारीले भने, “धावनमार्ग समस्या देखाउँथ्यो । तर, अनुकूल मौसमको वहानामा फेरि उडान बन्द ग-यो ।”
पर्यटनमन्त्री योगेशकुमार भट्टराई जिल्लावासी भएकाले कम्तीमा सातामा दुई पटक उडानका लागि पहल गर्ने जिल्लावासीले अपेक्षा गरेका छन् । निगमका पूर्व स्टेसन इन्चार्ज हेमन्त उप्रेतीले उडान नियमित गर्नका लागि निगमलाई झकझक्यउनुपर्नेमा जोड दिए । उप्रेतीले भने, “उडानको टुुंगो नहुँदा पनि यात्रुले सकभर कुरेर टिकट लैजान्थे । गाडीमा टाढाको यात्राले थकित हुने डरले पर्खेर भए पनि जहाजमै यात्रा गर्न रुचाउँथे ।” काठमाडौंका लागि गाडीमा झापासम्म यात्रा गर्नुपर्ने र भद्रपुरबाट जहाजको टिकट नपाए गाडीमा जानुपर्ने भएकाले सकभर यहाँबाट उडान हुने जहाजको टिकट कुर्ने गरेका छन् ।
प्रसिद्ध धार्मिकस्थल पाथीभरा र कञ्चनजंघा दर्शन तथा घुमफिरका लागि हवाई सेवा नहुँदा जिल्लाको पर्यटन क्षेत्रमा क्षति पुगेको छ । उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेका अनुसार नियमित जहाज सञ्चालनले व्यवसायीलाई मात्र नभई जिल्लावासीको आम्दानीमा टेवा पुग्ने बताए ।

 

देवराज गुरुङ