कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६
362

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेर पर्यटन क्षेत्रमा गर्नुपर्ने १२ बुँदे सुधार तथा सुझाव पेस गरेका छन् ।
नाट्टाले अतिरिक्त शुल्क नलिन मन्त्रालयले जारी गरेको सर्कुलर व्यावहारिक नभएको भन्दै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुको टिकेटिङमा कुल ९ प्रतिशत कमिसन ट्राभल एजेन्टसहरुलाई उपलब्ध गराउने मन्त्रीसँग माग गरेका छन् । मन्त्रालयले गत महिना अतिरिक्त शुल्क नदिनु भन्दैै पत्राचार गरेपछि नाट्टाले मन्त्री भट्टराईलाई माग सम्बोधन गरी दिन आग्रह गरेको नाट्टाका अध्यक्ष सीएन पाण्डेले बताए । साथै डिजल इन्धन र एलपी ग्यासमा दिई आएको भ्याट फिर्तालाई पनि निरन्तरता दिनुपर्ने बताएका छन्् ।
पर्यटक सवारी साधनहरुमा प्रयोग हुने डिजल इन्धन र एलपी ग्यासमा दिई आएको भ्याट फिर्तालाई साविकबमोजिम नै निरन्तरता दिइनु उपयुक्त हुने भन्दै सुझाएको छ । पर्यटन व्यवसायीले उपयोग गर्ने डिजेल र एलपी ग्यास नै पर्यटन उद्योगको कच्चा पदार्थ सरह भएकाले कच्चा पदार्थका रूपमा प्रयोग भएको डिजेल र एलपी ग्यासमा लगााइएको भ्याट अन्य उद्योगले कच्चा पदार्थमा पाए सरह अनुदान पर्यटन उद्योगलाई पनि दिइनु अध्यक्ष पाण्डेले बताए । सरकारले लिएको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिकको चापको व्यवस्थापन गर्नुपर्ने । विमानस्थललाई २४ घण्टा खुला गर्ने व्यवस्था गरिनुपर्ने । विमानस्थलको पार्किङ, ट्रली, शौचालय, टेलिफोन, नियमित सरसफाइ सुधार र सुदृढीकरण अत्यन्तै आवश्यक रहेकाले मन्त्री भट्टराईको ध्यानाकर्षण गराएको छ । वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल बाराको निर्माण कार्य तत्काल थाल्नु पर्ने निर्माणाधीन पोखरा र भैरहवा विमानस्थललाई चाँडो सञ्चालनमा ल्याउनुपर्ने नाट्टाले माग गरेको छ । साथै आन्तरिक विमानस्थलको स्तरोनन्ति गर्नुपर्ने ।
नेपाल भ्रमण वर्षलाई सफल पार्न यसै वर्ष नेपाल वायुसेवा निगमसँग ६ वटा न्यारो बडी तथा ४ वटा वाइड बडी भिœयाउनु पर्नेमा २ वटा न्यारो बडी अपरेसनमा प्याएर निगमको व्यवस्थापनमा सुधार ल्याएर रणनीतिक साझेदारीमा जानुपर्ने । नेपाली आकाशलाई युरोपियन युनियनको गम्भीर सुरक्षा चासो(कालोसूची)बाट हटाउन मन्त्री भट्टराईको ध्यान केन्द्रित हुनुपर्ने अध्यक्ष पाण्डेको भनाइ छ । कालोसूचीबाट हटाई युरोप अमेरिकालगायत चीन, दक्षिण कोरिया तथा जापान जस्ता एसियाली मुलुकका प्रमुख गन्तव्यमा उडान भर्नुपर्ने जनाएको छ ।
काठमाडौंबाट लामो दूरीमा चल्ने पर्यटन नम्बर प्लेटका बसहरुको प्रस्थान र आगमन टर्मिनल नभएको हुँदा काठमाडौंलगायत देशका प्रमुख पर्यटकीय सहरहरुमा नेपाल सरकारद्वारा उपयुक्त स्थल चयन गरी टुरिस्ट बस टर्मिनलको अविलम्ब निर्माण गर्ने माग गरेको छ ।
साथै नाट्टाले अनलाईन सेवाबाट काट्ने ई–टिकटसमेत बन्द गर्न माग गरेको छ । कानुनी व्यावस्था अनुरुप अनलाइन ई–टिकेटिङ गर्न नपाइने भन्दै नाट्टाले हवाई टिकेटिङमा देखिएकोले यस्ता अवैधानिक कम्पनीहरुमाथि नियमन वा निगरानी गरी यिनीहरुको काम कारबाहीलाई तुरुन्त रोक्का गरिनुपर्ने माग गरेको छ ।
नेपाली वस्तु तथा सेवामा लगाई आएको भ्याट-ट्याक्सको दर ज्यादै बढी भएकाले सोलाई घटाई एकमुस्ट पाँच प्रतिशत तोकी बढीभन्दा बढी व्यवसायीहरुलाई भ्याट-ट्याक्सको दायरामा ल्याएर सरकारको राजस्व वृद्धिमा जोड दिनुपर्ने ।
नेपाल आउन चाहने पर्यटकहरुका लागि अनलाइन भिसा उपलब्ध गराउने प्रावधान तुरुन्त लागू गर्दै अध्यागमन सेवामा कार्यरत अध्यागमन अधिकृतहरु तालिम प्राप्त राखी
काउन्टरहरुमा पनि सबै काउन्टर खोली छिटो सेवा उपलब्ध गराइनुपर्ने ।
विमानस्थलमा पर्यटक सवारी साधनहरु ट्याक्सीहरुको उपयुक्त व्यावस्थापान गर्दै पर्यटकको सेवा प्रवहामा जोड दिन मन्त्रालयलाई आग्रह गरेको छ । मन्त्री भट्टराईले नाट्टाको सुझावमा आफू सकरात्मक रहेकोले चाँडै सरोकार वालासँग छलफल गरी समस्याको समाधान खोजी गर्ने बताएका थिए ।