कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६
346

नेपाल वायुसेवा निगमले जापान उडानका लागि एड्भान्स ग्लोबल ट्रान्सर्पोट(एजीटी) कम्पनीलाई प्यासेन्जर सेल्स  एजेन्ट (पीएसए) नियुक्त गरेको छ । निगमले आगामी भदौ १२ बाट जापानको ओसाका उडान गर्ने तयारी गरिरहेको छ । नेपाल वायुसेवा निगमले जापान उडानका लागि एड्भान्स ग्लोबल ट्रान्सर्पोट(एजीटी) कम्पनीलाई प्यासेन्जर सेल्स एजेन्ट (पीएसए) नियुक्त गरेको छ ।
निगमले आगामी भदौ १२ बाट जापानको ओसाका उडान गर्ने तयारी गरिरहेको छ । जापानको उडानबाट हुने राजस्व वृद्धिको लक्ष्यलाई उच्च महत्व दिँदै निगमले उक्त उडानबाट व्यवसाय र सेवा दुवैलाई समायोजन गरी मुनाफामुखी प्रतिफलका लागि (एजीटी) कम्पनी जापानलाई पीएसएमा नियुक्त गरेको निगमले जनाएको छ । एजीटी, जापानको सर्वाधिक ख्याति प्राप्त ट्राभल्स एजेण्ट एचआईएस समूहबाट सम्बद्र्धन प्राप्त कम्पनी हो । एजीटीले नेपाल जापान उडानको निरन्ततालाई थप सशक्त पार्ने अपेक्षा निगमले लिएको छ । एजीटी, जापानले नेपाल–जापानको उडानमा निगमलाई आवश्यक यात्रु उपलब्ध गराउने सुनिश्चितताको आधारमा एजिटीलाई पीएसए नियुक्त गरिएको निगमको भनाइ छ ।
निगमले गर्ने व्यावसायिक उडानमा यात्रुको संख्या थप हुँदै जाँदा निर्धारित गन्तव्य प्रतिको आकर्षण बढ्नेछ निगमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “पूर्ण तयारीका साथ जापानको उडान निरन्तरतालाई समेत मध्यनजर गर्दै एजीसी जापानसँगको सम्झौतालाई कार्यान्वयन गरेको छ ।” सन्  २००८ वाट निगमको जापान उडान बन्द रहेको थियो ।