नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा जोड दिएको छ । अन्तर्राष्ट्रियतर्फ निगमले प्रदान गरिरहेको सेवाका उल्लेखनीय रहेको सन्दर्भमा आन्तरिकतर्फ योजनाबद्ध तयारी एवं व्यवस्थापनमा केन्द्रित रहँदै उडान भर्न निगमले तयारी थालेको जनाएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु-याउनु पर्नेतर्फ निगमले सक्रियता देखाएको छ । यसका लागि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमको कार्यकारी समितिलाई निगमको आन्तरिक तयारीको क्रमलाई थप तीव्रता दिन निर्देशनसमेत दिएका छन् ।
यसै सन्दर्भमा आन्तरिक उड्डयनतर्फ शनिबार चौरझारी र ताप्लेजुङमा परीक्षण उडान गरेको छ ।
यस्तै आइतबार र सोमबार रुकुम र भोजपुर, मंगलबार र बुधबार बाजुरा र तुम्लिङटारमा वाई–१२ ई विमानबाट परीक्षण उडान गरिनेछ । अधिकतम क्षेत्रमा आन्तरिक उडान गर्ने व्यवस्था गरी निगमले पर्यटन प्रवद्र्धनमा थप योगदान पु-याउने लक्ष्य लिएको छ ।