कारोबार संवाददाता
सोमवार, श्रावण २०, २०७६
258

इनरुवा - सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा निर्माण गरिएको (पुल)सेल्फी ब्रिजको शनिबार उद्घाटन गरिएको छ । पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी ब्रिजको प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले सो सेल्फी ब्रिजको उद्घाटन गरेका हुन् । २९ लाख ७० हजारको लागतमा सेल्फी ब्रिज निर्माणकार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष सतेन्द्र न्यौपानेले बताए । फलामे सो पुलमा स्थानीयवासीले सेल्फी खिच्ने हुँदा त्यसलाई सेल्फी ब्रिज भनेर नामकरण गरिएको हो ।
कोइरालाको सांसद विकास कोषको रकमबाट २४ लाख ७५ हजार र जनसहभागिताबाट रु चार लाख ९५ हजार गरी जम्मा २९ लाख ७० हजारको लागतमा सेल्फी ब्रिजको निमार्णकार्य सम्पन्न हो । उद्घाटन कार्यक्रममा रामधुनी नगरप्रमुख जयप्रकाश चौधरी, सांसद ज्योति सुब्बा, रामधुनी काङ्ग्रेसका नगर सभापति सुदीप अधिकारीलगायतको सहभागिता रहेको थियो ।