कारोबार संवाददाता
मंगलबार, श्रावण ७, २०७६
345

नेपालको अन्तर्राष्ट्रिय विमान वाहक हिमालय एयरलाइन्सले बंगलादेशको सांस्कृतिक, राजनीतिक तथा सांस्कृतिक केन्द्र तथा देशको राजधानी ढाकामा आफ्नो पहिलो उडान भरेको छ । प्रिमियम इकनोमि क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए३२०–२१४ को न्यारोबडी जहाजले मंगलबार, बुधबार र शनिबार गरी सातामा तीन दिन उडान सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ । केवल एक घण्टाको उडान दूरी रहेकाले व्यापारिक तथा भ्रमण प्रयोजनका लागि आउने यात्रुका लागि त्यही दिन फर्कन मिल्ने सुविधायुक्त उडान तालिका प्रस्ताव गरिएको भन्दै कम्पनीले यो नया“ रुटले नेपालको एसियाली मुलुकस“ग सम्पर्क अझ बढावा दिने आशा गरेको छ ।
हिमालय एअरलाइन्सको ढाकाको पहिलो उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा, मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, नेपालका लागि बंगलादेशी राजदूत श्रीमती मासफी बिन्ते साम्स्, नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी र हिमालय एयरलाइन्स्का उपाध्यक्ष विजयबहादुर श्रेष्ठको सहभागिता थियो । साथै हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इन्योङ पनि विशिष्ट अतिथिहरूको बिदाइका निम्ति उपस्थित थिए ।

एयरलाइन्सको यो कदमलाई नेपालका लागि बंगलादेशी राजदूत साम्सले बधाई ज्ञापन पनि व्यक्त गरिन् । भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष विजय श्रेष्ठले व्यापार, जनशक्ति, पर्यटन तथा संस्कृति आदानप्रदानलाई अझ प्रगाढ बनाउ“दै दुवै मुलुकका व्यावसायिक यात्रुका लागि रहेको महत्वपूर्ण व्यापारिक अवसरलाई प्रोत्साहन गरी काठमाडौं र ढाकालाई निकट ल्याउन पाउ“दा कम्पनी प्रशन्न रहेका बताए । ‘दुवै बजारबाट यो रुटमा सीधा उडान सञ्चालन हुनुपर्ने माग छ र हामीले बढ्दो ग्राहकको आवश्यकतालाई मध्यनजर गरी उडान सुरु गरेका छौं, उनले भने, “यो नया“ रुटले घुमफिर प्रयोजनका लागि आउने यात्रु आगमनलाई बढाउने मात्र नभई बंगलादेशमा अध्ययन गरिरहेका र विशेषगरी चिकित्सा क्षेत्रमा अध्ययन गर्ने ठूलो संख्यामा रहेका नेपाली विद्यार्थीहरूका लागि समेत सेवा प्रदान गर्नेछ ।
नेपाल भ्रमण आउने पर्यटकहरूमा बंगलादेशी पर्यटकको योगदान औसत २ प्रतिशत छ र सन् २०१९ को जनवरीदेखि जुन २०१९ सम्म १०,५९० बंगलादेशी पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष सन् २०१८ को दा“जोमा बंगलादेशी पर्यटकको संख्या करिब २५ प्रतिशतले घटेको छ । नया“ सञ्जाल प्रारम्भ गरेस“गै हिमालय एयरलाइन्स्ले ठूलो संख्यामा बंगलादेशी पर्यटकलाई नेपाल भिœयाएर भ्रमण वर्ष २०२० को पर्यटक भिœयाउने लक्ष्य प्राप्त गर्न आफ्नो योगदान पु-याउने आशा गरेको छ ।