कारोबार संवाददाता
बिहिवार, श्रावण २, २०७६
418

नेपाल वायुसेवा निगमले जिम्मा पाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ (ग्राउन्ड ह्यान्डलिङ) सेवालाई थप स्तरीय प्रदान गर्ने जनाएको छ । निगमले विमानस्थलमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई प्रदान गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ सेवालाई सुरक्षित र गुणस्तरीय रहेको सरोकारवाला निकायको प्रमाणपत्र समेतलाई आधार लिएर सेवालाई थप प्रभाकारी बनाउनको लागि निमले तीव्रता दिएको जनाएको छ ।
साथै निगमसँग भएका स्रोत साधनलाई उच्चतम प्रयोग गर्ने र अपुग स्रोत साधन खरिद गरी आफ्नो सेवालाई सदाझैं गुणस्तरीय र सुरक्षित बनाउने उद्देश्यले प्रेरित हुँदै आक्रमक ढंगले ग्राउनह्यान्डिलिङ सेवाका लागि विभिन्न उपकरणहरू खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको निगम द्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “पहिलो चरणमा यात्रु तथा क्रु मेम्बर बोक्ने चारवटा -याम्प बस खरिदको प्रक्रिया अगाडि बढाइएको छ । यी बसहरू आएपछि बिजनेस क्लास र क्रुहरूले छुट्टै बसको सुविधा पाउनेछन् भने अरू यात्रुहरूलाई पनि थप सुविधा मिल्नेछ ।” साथै यही साताभित्र विशिष्ट तथा अति विशिष्ट व्यक्तिहरूका लागि नयाँ ‘भिआईपी’ नयाँ -याम्प कोच संचालनमा ल्याइँदै छ ।
निगमसँग भएका पूरा उपकरणलाई लिलाम प्रक्रियाद्वारा विस्थापन गरिएको जनाएको छ, भने यसरी लिलामी प्रक्रियाबाट विस्थापन गर्दा निगमलाई ३२ लाख ६४ हजार ४ सय ४४ रुपैयाँ आम्दानी भएको निगमको भनाइ छ ।
पुरानालाई विस्थापित गर्दै नयाँ प्रविधियुक्त थप उपकरण जस्तै टोबार लेस ट्रयाक्टर, कन्टेनर डली, प्यालेट डली, इलेक्ट्रिक फर्कलिफ्ट, ग्राउन्ड पावर युनिट आदि खरिद गरिने कार्य निकै अघि बढिसकेको निगमको भनाइ छ । सम्पूर्ण उपकरणहरू मापदण्ड पूरा गरेका हुनाले सेवा पनि चुस्त र दुरुस्त हुनेछ । निगमले सीता लोड कन्ट्रोल सिस्टमअन्तर्गत यात्रुहरूको ब्यागेज ट्रयाकिङ प्रणालीको स्तरोन्नति गर्ने काम भएको छ ।
आन्तरिक उडानका यात्रुहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले निगमले आन्तरिकतर्फ विमानस्थलमा समेत टिकट बिक्री कक्ष खोलेको छ । यसबाट आन्तरिक उडानमा यात्रा गर्ने यात्रुहरूलाई टिकट खरिद गर्न तथा कार्गो बुक गर्न सहज भएको छ भने अर्कोतर्फ निगमको आयस्रोतमा पनि थप वृद्धि भएको छ ।