कारोबार संवाददाता
मंगलबार, असार १७, २०७६
979

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायी योजना र नाफामा जाने ग्यारेन्टी गर्ने नसकेसम्म सरकारको कुनै पनि आर्थिक सहयोग नगर्ने बताएका छन् ।
नेपाल वायुसेवा निगमको ६१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले निगमले नाफामा जाने व्यावसायिक योजना नल्याएसम्म सरकारले कुनै पनि आर्थिक लगानी नगर्ने बताएका हुन् । “निगमले आन्तरिक सुधार गर्दै व्यावसायिक योजना ल्याउनुप¥यो,” उनले भने, “निगमले नाफा आर्जन गर्न सक्छ, तर आन्तरिक स्रोतको सही उपयोग गर्दै व्यवस्थापन, सञ्चालन उपयुक्त ढंगले हुनुपर्छ ।”

निगमको हाल ३७ अर्ब रुपैयाँ ऋण छ । “व्यवस्थापनले उचित कार्यतालिका सरकारलाई बुझाए सरकारले मद्दत गर्छ,” उनले भने ।
प्रधानमन्त्री ओलीले ६१ वर्षसम्म निगम घाटामा गएको भन्दै अब व्यावसायिक योजनासहित आएर पैसा तिर्ने ग्यारेन्टी गरेपछि मात्र सरकारले आर्थिक सहयोग गर्ने बताए । “निगमको आन्तरिक सुधार, व्यवस्थापनको ध्यान मुनाफा आर्जन गर्ने दृष्टि केन्द्रित नभएसम्म निगमलाई खुरुखुरु आर्थिक लगानी गर्न मिल्दैन,” उनले भने ।
निगमले पुँजी वृद्धिका लागि भन्दै सरकारसँग २० अर्ब रुपैयाँ माग गरेको छ । केही सुधार हुन सके मात्र निगमलाई डुब्नबाट जोगाउन सरकार काँध थाप्न तयार रहेको प्रधानमन्त्रीको भनाइ छ ।
“यदि निगमले आन्तरिक सुधार गर्न सक्दैन भने सरकारले रणनीति साझेदार खोज्न बाध्य हुनेछ, “उनले चेतावानी दिए । “निगमको व्यवस्थापन र सञ्चालनमा क्रमिक रूपमा नितिजा मुखी सुधार आउनु प-यो, यदि निगम आफैंले चलाउन नसके सरकार रणनीतिक साझेदार खोज्न बाध्य हुनेछ ।”“निजी क्षेत्रले चलाउन सक्ने तर निगमले किन चलाउन नसक्ने,” उनले सोधे ।
प्रधानमन्त्री ओलीले आपूmले नेपाली विमान कम्पनी युरोपको आकाशमा उडान गर्नका लागि बेलायत, फ्रान्सलगायतका मुलुकसँग छलफल गरेको र सकारात्मक पाएको उल्लेख गर्दै विमान खरिद गरेर मात्र नहुने भएकाले उडान गर्ने गन्तव्य र उडान गर्ने पाइलटको पनि खरिद अगाडिनै तयारी गर्नुपर्ने बताए ।