कारोबार संवाददाता
शुक्रवार, असार १३, २०७६
427

 सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को ब्रान्ड सार्वजनिक गरिएको छ । वार्षिक २० लाख पर्यटक नेपाल ल्याउने उद्देश्यसहित आगामी सन् २०२० आयोजना गर्न लागिएको ‘भिजिट नेपाल–२०२०’ को ब्रान्ड बिहीबार सार्वजनिक गरिएको हो ।
ब्राण्डमा सेता अक्षरमा नेपाल र नेपालमाथि रातो रंगको टीको छ । ईमेज आर्कले तयार पारेको ब्राण्डले नेपालका हिमाली शृङ्खलादेखि रितिरिवाजलाई समेत प्रतिनिधित्व गरेको आर्ककी मरी आन्च सिल्पाले बताइन् । पर्यटन वर्षका लागि तयार पारेको यो ब्रान्ड अब विमान, विमानस्थल, बस, ट्याक्सीदेखि सार्वजनिक स्थानलगायतमा राखिनेछ । यसअघि पर्यटन वर्षको लोगो भने सार्वजनिक भइसकेको छ ।

पर्यटन वर्ष २०२० का संयोजक सुरज वैद्यले हिमाली शृङ्खलादेखि जीवजन्तु हुँदै संस्कृतिसम्म रहेकाले लक्ष्य हासिल गर्ने बताए । सन् २०२० का लागि मात्र नभई सधैंका लागि पर्यटन भिœयाउने गरी योजना अघि बढाएको उनको भनाइ थियो ।
पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले आर्थिको विकासको मुख्य आधार पर्यटन भएकाले पर्यटन क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माणमा जोड दिएको बताए । गौतमबुद्ध, पोखरालगायतका धेरै विमानस्थलको निर्माण अघि बढेको भन्दै उनले सरकारले गुणस्तरीय पर्यटक भिœयाउने र उनीहरूको उचित सुरक्षाको प्रबन्ध गर्ने गरी तयारी अघि बढाएको जानकारी दिए ।