कारोबार संवाददाता
सोमवार, असार ९, २०७६
487

प्रचारप्रसारको अभावमा भागेश्वर गाउँपालिकाका आधा दर्जन भन्दा बढी ऐतिहासिक तथा पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । पर्यटनको प्रचुर सम्भावना भएको भागेश्वर गाउँपालिका वडा नम्बर १ मा रहेको महाकाली नदीको किनारमा अवस्थित धार्मिक गर्ग क्षेत्र पहिलेदेखि ८४ हजार ऋषिमुनिले तपस्या गरेको ठाउँ भएको स्थानीय जानकार बताउँछन् ।
यस क्षेत्रमा असोज महिनाको औसीको दिन मेला लाग्ने गर्दछ । मेलामा भारतको चम्पावतबाट र छिमेकी जिल्लाहरुबाट भक्तजन आउने गरेको भागेश्वर गाउँपालिका वडा नम्बर १ का वडा सदस्य कर्ण बहादुर ठकुराठीले बताए ।

देवलद्वार महादेव मन्दिर भागेश्वर देवताका आप्mना भाइ महादेव देवताका पनि देवता हुन् भन्ने किंवदन्ती छ ।
काल्ल क्षेत्र महादेवले स्नान गर्ने र प्रस्थान गरेको भनाइ रहेको छ । त्यस्तै जोगिनी टाकुरामा तीन वर्षमा मेला लाग्ने गर्दछ । मेलामा दुईवटा क्षेत्रका बासिन्दाको बाजागाजा बजाएर प्रतिष्पर्धा हुने गर्दछ । कुनै वर्ष यो मेला छोड्ने हो भने यस क्षेत्रका स्थानीयलाई अशान्ति हुने गरेको स्थानीयको भनाइ रहेको छ ।