कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६
380

नेपाललाई पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा परिणत गर्ने मूल उद्देश्यसहित नेपाल सरकारको सन् २०२० मा २० लाख पर्यटक भित्रयाउने लक्ष्यसहित ‘नेपाल पर्यटन वर्ष २०२०’ मनाउने सन्दर्भमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, राष्ट्रिय सीप परीक्षण समितिको आयोजनार स्वीस सरकारका तर्फबाट नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजनाको सहयोगमा नेपालकै प्रथम राष्ट्रिय पाककला प्रतियोगिता २०७६ हुन गइरहेको छ ।
नेपालको सन्दर्भमा आतिथ्य सत्कारको क्षेत्र तीव्र गतिमा बढिरहेको अवस्थामा पाककला एउटा अभिन्न अंगका रूपमा रहेको भन्दै आयोजकले औपचारिक, अनौपचारिक तथा अतिरिक्त रूपमा सीप आर्जन गरेकाहरूको संख्या उल्लेख्य रूपमा रहेको तथा अनौपचारिक तथा अतिरिक्त सीपको पहिचान हुन नसकेको अवस्थामा, राष्ट्रिय पाककला प्रतियोगिता २०७६ ले यसलाई केही हदसम्म समाधान गर्न पूर्वसिकाइको मान्यतामार्फत योग्दान पु¥याउने आशा राखिएको पनि जनाएको छ ।