कारोबार संवाददाता
मंगलबार, असार ३, २०७६
531

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१९ लाई नेपाल प्रवद्र्धन वर्षको रूपमा मनाउने घोषणा गरेसँगै जापानको नागोया सहरमा नेपाल महोत्सव आयोजना गरेको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्य साथ जापानस्थित नेपाली दूतावास र एनआरएनएन नागोयाको संयुक्त आयोजनामा दुई दिने नेपाल महोत्सव २०१९ आयोजना गरिएको हो ।

सरकारले सन् २०२० मा २० लाख पर्यटन भिœयाउने गरी घोषण गरेको नेपाल भ्रमण वर्ष सफल बनाउन एनआरएनएले यो वर्षलाई प्रवद्र्धन वर्षको रूपमा मनाउने घोषणा गरेको थियो ।
सो अभियानअन्तर्गत नै एनआरएनएनले नेपाल महोत्सव आयोजना गरेको हो । जेठ ३२ र असार १ गतेका दिन साकायस्थित हिसाय दोहोरी पार्कमा गरिएको महोत्सवमा अवलोकनकर्ताहरुको उल्लेखनीय भीड लागेको थियो । महोत्सवले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनुको साथै भ्रमण वर्षलाई ठूलो टेवा पु¥याएको महोत्सवका संयोजक पारसमणि पोख्रेलले बताए । अवलोकनकर्तालाई नेपालको विशेषताबारे जानकारी गराउँदै भ्रमण वर्षको निम्ता पनि दिएको उनले बताए ।
नेपाल महोत्सव पहिलो पटक आयोजना गरिएको हो । महोत्सवमा नेपाली कला संस्कृति, परम्परागत झाँकीहरू, रहनसहन, खाना, गीत संगीतलगायतका ३२ वटा स्टल राखिएको थियो । समग्र नेपालको विशेषता दर्शाउँदै भ्रमण वर्षमा जापानी नागरिकलाई निमन्त्रणा गर्ने सवालमा महोत्सव सफल भएको आयोजकको भनाइ छ ।
महोत्सवमा नेपाली धर्म र संस्कृति झल्काउने बाजागाजा, विभिन्न जातजातिका विशेषता झल्काउने पोसाक, खानाका परिकारलगायतका स्टल राखिएको थियो । यस्तै, महोत्सव अवधिभर विभिन्न जातीय भेषभूषामा सजिएका युवा–युवतीले हामी नेपाली हो भन्दै ¥याली निकालेका थिए भने २ तलाको नेपाली बाटुले घर मुख्य आकर्षणका रूपमा समेत प्रदर्शनीमा राखिएको थियो ।