कारोबार संवाददाता
सोमवार, जेठ २७, २०७६
316

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानको संयोजकत्वमा युरोपको व्यापारिक भ्रमणमा गएको व्यापारिक मण्डलले बेल्जियमको एन्टवर्पमा एक समारोहकाबीच बेल्जियमका नेपाली समुदायहरूबीच ‘भिजिट–२०२० र नेपालमा लगानी’ सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ ।
भेटघाटका क्रममा वीउवासंघका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ताले सन् २०२० लाई पर्यटन वर्षका रूपमा घोषणा गरेकोले बेल्जियमका नागरिक तथा बेल्जियममा बसोबास गरिरहेका नेपालीहरूलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्दै भ्रमण वर्ष सफल पार्न आग्रह गरेका थिए ।

बेल्जियममा रहेका नेपाली समुदायहरूका व्यक्तिहरूले मुलुकको आर्थिक समृद्धि गर्नु आफ्नो पनि दायित्व रहेकाले मुलुकमै लगानी गर्न इच्छुक रहेको बताए ।
उनीहरूले खासगरी वीरगन्ज क्षेत्रमा कृषिलगायत अन्य क्षेत्रहरूमा लगानी गर्ने आश्वासन दिए । प्रदेश नं. २ को नीतिअनुरूप नयाँ उद्योग स्थापनामा प्रदान गरिरहेको सेवा सुविधाले प्रदेश नं. २ मा त्यसमा पनि वीरगन्ज क्षेत्रमा लगानी गर्न अझ उत्साहित तुल्याएको बताए । खास गरी वीरगन्ज मुलुककै औद्योगिक राजधानी भएकाले भौतिक विकास तथा वीरगञ्जमा विदेशी लगानी भित्रयाउने दिशामा सकारात्मक भूमिका खेल्ने बताए ।
भेटघाटका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानलगायत १५ जिल्ला÷नगर उद्योग वाणिज्य संघका अध्यक्षहरूको उपस्थिति थियो ।