कारोबार संवाददाता
आइतवार, जेठ १२, २०७६
211

पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरी बुधबारदेखि पोखरादेखि भारतको देहरादुनसम्म सीधा बस सेवा सञ्चालनमा आएको छ । विगत १२ वर्षदेखि पोखरा दिल्लीसम्म सीधा बस सेवा सञ्चालन गर्दै आएको मोडन एरा टुर्स एन्ड ट्राभल्सले पोखरा सहरलाई भारतको अर्को सहरलाई जोड्न पनि उक्त सेवा सञ्चालनमा ल्याएको मोडन एरा टुर्सका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए । पृथ्वीराजमार्ग बस सञ्चालक समितिबाट उक्त बस सेवा सञ्चालन भएको हो ।