दीननाथ बराल
बुधवार, जेठ ८, २०७६
194

नेपालसहित पोखराको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले मित्रराष्ट्र भारत र बंगलादेशका टुर अप्रेटरहरूलाई पोखरामा ल्याउने तयारी गरिएको छ । भारत र बंगलदेशका टुर अप्रेटरहरूलाई पोखरामा ल्याएर पर्यटकीय गन्तव्यहरूको भ्रमण गराइ बिजनेस टु बिजनेस (बीटुबी) कार्यक्रम सहभागी गराउँदा नेपालसहित पोखरा क्षेत्रकोे पर्यटन प्रबद्र्धन हुने भएको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।
संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० र गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई घोषणा गरेको आन्तरिक भ्रमर्ण बर्षलाई सफल पार्न बीटुबी कार्यक्रमले मदत पुग्ने उनले विश्वास लिएका छन् । टुर अप्रेटरहरूलाई चार दिनको प्याकेजमा नेपालमा बोलाए पनि जुन एक तारिखमा पोखरामा अन्तक्रिया सहितको बीटुबी कार्यक्रममा उनीहरूसँग पोखरा क्षेत्रका पर्यटन व्यवसायीको छलफलमा पर्यटनका प्याकेज कार्यक्रम प्रदर्शन एवं बिक्री हुने भएको छ । भारत र बंगलादेशबाट करिब ४० जनाको एक टोली काठमाडांैं, सिमरा र भैरहवाबाट हवाई मार्ग हँुदै पोखरा आउने हुँदा विभिन्न एयरलायन्स कम्पनीहरूसँग समेत समन्वय भएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेलले बताए ।

टुर अप्रेटरहरू मे २९ तारिख पोखरा आउने र जुन एकमा माउन्ट कैलास रिसोर्टमा हुने बीटुबी कार्यक्रममा सहभागी हुने भएका छन् भने जुन दुईमा उनीहरू आफ्नो गन्तव्यमा लाग्ने भएका हुन् । बुद्ध एयर, यती एयरले हवाई फ्लाइट समेत निःशुल्क उपलब्ध गराउने भएको पोख्र्रेलले जनाए । नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा हुन लागेको कार्यक्रममा पश्चिमाञ्चल होटल संघ, रेवान पोखरा, टान पश्चिमाञ्चल क्षेत्रीय संघ, नाट्टा गण्डकी प्रदेश लगायतको सहयोग हुने भएको छ ।
प्रदेश सरकारले पर्यटनलई विकासको पहिलो प्रथामिकता राखेर आन्तरिक भ्रमण वर्ष घोषणा गरे पनि पर्यटनको पूर्वाधार निर्माणमा र पर्यटनका गतिविधिमा प्रदेश सरकरले खासै लगानी नगरेको परिषद्का उपाध्यक्ष भट्टराईले गुनासो गरे ।