कारोबार संवाददाता
सोमवार, बैशाख ९, २०७६
472

प्राकृतिक सुन्दरताले भरिएको नेपालले सन् २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गरेको छ । यही पर्यटन वर्षलाई सफल पार्नका लागि ‘देशलाई हाम्रो खाँचो छ’ को आयोजनामा सुन्दर तस्बिरहरुको प्रदर्शनी गरिएको छ ।
नेपालका अधिकांश मुख्य सुन्दर क्षेत्र तथा ती क्षेत्रका कला, संस्कृति र सभ्यता झल्काउने खालका ‘नेपाल सुन्दर छ’ भन्ने प्रदर्शनीमा १०१ तस्बिर थिए । पर्यटकलाई आकर्षित गर्ने खालका महत्वपूर्ण पर्यटकीय, धार्मिक, ऐतिहासिकका साथै संस्कृतिक र सभ्यता झल्काउने तस्बिरहरु प्रदर्शनीमा समेटिएको संस्थाका उपाध्यक्ष राजु गौतमले जानकारी दिए ।
प्रदर्शनीमा फोटोग्राफरहरु अभिषेक शाह, अजय महर्जन, अभय रानाभाट, अमिश श्रेष्ठ, अर्जुनभद्र खनाल, राजु गौतम, प्रवेश घिमिरे, मोहन दुवाल, सुन्नी थापा, नवराज रावतलगायतका २९ फोटोग्राफरका तस्बिरहरु राखिएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रदर्शनीको शुभारम्भ गर्दै नेपालमा पर्यटन प्रवद्र्धनका लागि धेरै सुन्दर ठाउँ, कला, संस्कृति र सभ्यता भएकोले यसलाई विश्वसामु प्रचारप्रसार गर्नुपर्ने बताए ।