कारोबार संवाददाता
बिहिवार, बैशाख ५, २०७६
340

शाश्वत धामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुगेको छ । बुधबार बाराको कलैया उपमहानगरपालिकाका आसमहमत अन्सारी शाश्वत धामको २५औं लाख अवलोकनकर्ताका रूपमा प्रवेश गरेका थिए ।
“यति सुन्दर र मनमोहक होला भन्ने मैले साेंचेकै थिइन,” अन्सारीले भने, “यहाँ भ्रमण गर्नेहरूको बयान सुनेर परिवारसहित आएको हुँ । आफैंले प्रत्यक्ष अवलोकन गरेपछि मलाई यस्तो भव्य स्थान नेपालमा अन्यत्र कहीँ छैन जस्तो लागेको छ ।

उनको परिवारजनसहित अन्य १० जना आगन्तुकलाई शाश्वत धाम व्यवस्थापनले फूलमाला र दोसल्ला ओडाएर स्वागत गरेको थियो । यहाँ रहेको एकाम्बरेश्वर मन्दिरको भव्य कलात्मक शैलीले आफूहरूलाई लोभ्याएको र बुद्धिष्ट सेन्टरबाट धेरै ज्ञान सिक्न पाएको अनिसा बेगम खातुनले बताइन् । उनले यो हिन्दु मन्दिर भए पनि आफनो पनि उत्तिकै श्रद्धा रहेको बताइन् ।
बुधबार २५ औं लाख आगन्तुकका रूपमा शाश्वतधाम प्रवेश गरेका अन्सारीसहित १० जना आयुवम अन्सारी, राजकुमारी अन्सारी, हिमराम अन्सारी, टीकाराम बस्याल, कमला बस्याल विष्णु चापागार्इं, हिरा चापागाईं, तीर्थ लामा र करुणालाई विशेष सम्मान गरिएको थियो । शाश्वत धाममा २५ लाख दर्शनार्थी पुगेको उपलक्ष्यमा बुधबार यहाँ आएका सबै दर्शनार्थीका लागि स्वस्ती वाचन, भजन किर्तनले स्वागत गरिएको थियो।
यहाँको वातावरण, सरसफाइ , बगैंचाले आफूलाई लोभ्याएको टीकाराम बस्यालले बताए । पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामीप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्बरेश्वर शिव मन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातिको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरू एकम्बरेश्वर मन्दिरसँगै छन् । यसको भव्य कलात्मक शैलीले सबैलाई लोभ्याउँदै आएको छ ।
नयाँ वर्षका अवसरमा यहा“ पूजाआजा गर्नेको भीड लागेको थियो । हिन्दु धर्मका मुख्य–मुख्य देवी–देउताको एउटै थलोमा दर्शन गर्न पाइने यो मन्दिरको फरक विशेषता छ ।
भब्य र आर्कषक मन्दिर निमार्ण गर्न भारतिय पा“च दर्जन बढि कालिगढलाई १४ वर्ष समय लागेको थियो । महेन्द्रराजमार्ग अन्तरगतनवलपरासीको दुम्कौलीमाकरिब ८० बिगाहक्ष्ँेत्रफलमा फैलिएको डलर अर्बपति बिनोद चौधरीको सिजी इन्डस्ट्रियल पार्क रहेको छ । त्यसैको दक्षिणी हातामा चौधरीले शाश्वत धामको निर्माण गरेका छन् । कलात्मक र सुन्दरताका कारण यो मन्दिरमा सबै धर्माबलम्बिहरूको आर्कषणको केन्द्र बनेको छ ।
मन्दिर परिसरमा बैदिककर्मकाण्ड गुरुकुल पनि संचालनमा छ । यहा“ ७२ बिद्यँर्थीले निशुल्क संस्कृत अध्ययनगर्दै आएका छन् ।
यहा“ आकर्षक बुद्धिष्ट सेन्टर पनि स्थापना गरिएको छ । जहा“ बुद्ध धर्म सम्वन्धी विशेष जानकारीहरू पाउन सकिन्छ ।