कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
295

कतार एयरवेजले कतार एयवेज केटरिङ कम्पनी (क्यूएसीसी) लाई एयरलाइनको दोहादेखिका अन्तर्राष्ट्रिय उडान एवं दोहा हमाद अन्तर्राष्ट्रिय विमानस्थलका लाउन्जहरूका निम्ति ताजा खाद्य सामग्री उपलब्ध गराउन कतारत एग्रिकल्चरल डेभेलप्मेन्ट (क्यूएडीसीओ) सँगको सहकार्य घोषणा गरेको छ ।
एयरलाइन र क्यूएडीसीओबीचको उक्त दुई वर्षे सम्झौता कतार एयरवेजको कतार नेसनल २०३० परिकल्पना प्रतिको प्रतिबद्धताको एक नमुना भएको कम्पनीले जनाएको छ । कतार एयरवेज केटरिङ कम्पनीले कतार एयरवेजको दोहादेखि प्रस्थान हुने उडानहरूको सम्पूर्ण क्याबिन क्लासहरू तथा अल मौर्जन बिज्नेस एवं अल सफ्वा फस्र्ट क्लास लाउन्जहरूमा प्रदान गरिने भोजनका लागि काँक्रो, बन्दा, लौका, गाँजर, गोलभेडा, प्याजलगायतका ताजा फलफूल तथा तरकारी खरिद गर्ने पनि कम्पनीले जनायो । कतार एयरक्राफ्ट केटरिङ कम्पनीका वरिष्ठ उपाध्यक्ष माइकल विन्नरले भने, “कतार राज्यको राष्ट्रिय वाहकका रूपमा हामी ताजा उत्पादन कतारी खेतहरूबाट सिधै क्यूएसीसीसम्म ल्याउन क्यूएडीसीओसँग सहकार्य गर्दै कतारको यस राष्ट्रिय खाद्य सुरक्षा अभियानमा साथ दिन पाउँदा निकै सुसी छौं ।