कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
628

दोहा- कतार एयरवेजले आइतबार १० मार्च कोसेढुंगा स्वरूप ब्रसेल्सदेखि दोहासम्मको उडान पूर्णरूपले १५ महिला समूहको चालक दलले सञ्चालित उडान पूरा गरेको छ । बेल्जियमको राजधानीदेखि कतारको हवाई केन्द्रसम्मको उक्त एयरबस ए३५० शत प्रतिशत महिला समूह सम्मिलित चालक दल भएको पहिलो उडान हो ।
एयरलाइनले हालै अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइएटा) सँग ‘आइएटा डाइभर्सिटी एन्ड इन्क्लुजन अवार्ड्स’ को सुरुवातका लागि १० वर्षे साझेदारी घोषणा गरेको छ जसले उड्डयन उद्योगमा बृहत् रूपमा लैंगिक विविधतालाई प्रोत्साहन गर्ने जनाएको छ । महिला वर्गलाई यस उद्योगको प्रत्येक स्तरमा अगाडि बढाउन प्रोत्साहन प्रदान गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै कतार एयरवेजले अर्को दशकका लागि उक्त अवार्डलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उक्त सम्मानका पहिलो विजयीहरूको नाम आगामी जुन महिनामा हुने आइएटाको वार्षिक साधारणसभामा घोषणा गरिने कम्पनीले जनाएको छ ।