कारोबार संवाददाता
मंगलबार, मंसिर ४, २०७५

कतिपयलाई अचम्म लाग्न सक्छ, फोहरको डंगुरमाथि सुन्दर पार्क छ भन्दा । तर, यो यथार्थ हो । धनकुटा नगरपालिकाले सञ्चालन गरिरहेको फोहर मैला व्यवस्थापन केन्द्रभित्र सुन्दर पार्क निर्माण गरिएको छ ।

414
दीननाथ बराल
मंगलबार, मंसिर ४, २०७५

कास्की, पर्वत र स्याङ्जाको संगम स्थल पञ्चासेमा एसियाकै सबैभन्दा लामो दूरीको केबलकार निर्माण हुने भएको छ । पोखरासहितको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धार्मिक एवं पर्यटकीय क्षेत्र पञ्चासेमा साढे ८ किलोमिटर दूरीको एसियाकै लामो केबलकार निर्माण हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

847
केदार दाहाल
मंगलबार, मंसिर ४, २०७५

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । अर्थले शुक्रबार पीपीपी मोडलमा सञ्चालनको लागि स्वीकृति दिएसँगै निर्माण पूरा हुने चरणमा रहेको यो विमानस्थल सञ्चालनमा देखिएको अन्योल हटेको हो ।

1070
दीननाथ बराल
सोमवार, मंसिर ३, २०७५

पोखरा विमानस्थल करिब १० बर्ष पछि मर्मत गर्न सुरु गरिएको छ । पोखराको धावन मार्गमा केही खाल्टा खुल्टी भएकोले गर्दा विगत एक दशक पछि आज (आईतबार) देखि धावन मार्ग मर्मत गर्न सुरु गरिएको पोखरा विमानस्थलका निर्देशक भोलाप्रसाद गुरागाईले बताए ।

399
कारोबार संवाददाता
सोमवार, मंसिर ३, २०७५

साहसिक जल यात्रामार्फत पर्यटक भित्र्याउने उद्देश्यले रोल्पामा पहिलोपटक व्यावसायिक रूपमा -याफ्टिङ सुरु गरिएको छ । सुनिल स्मृति गाउँपालिका र कर्णाली -याफ्टिङ एण्ड एड्भेन्चर प्रालिको सार्वजनिक निजी साझेदारीमा जिल्लाको सुनिलस्मृति गाउँपालिका सुलिचौरस्थित लुङ्ग्री खोलाबाट -याफ्टिङ सुरु गरिएको हो । रोल्पाको सुलिचौरबाट प्यूठान हुँदै दाङको भालुबाङसम्म सञ्चालन हुनेछ । -याफ्टिङले नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।

212
कारोबार संवाददाता
सोमवार, मंसिर ३, २०७५

नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष –२०२०’ मनाउने घोषणा गरेको छ भने सो वर्ष २० लाख विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ । गएको २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने क्रममा पर्यटन व्यवसायीलगायत सरोकारवाला सबैलाई तालुकवाला मन्त्री रवीन्द्र अधिकारीले सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा गर्न हरतरले डटेर लाग्न आग्रह गरेका छन् ।

285
मेगराज खड्का
सोमवार, मंसिर ३, २०७५

५२ पोखरी ५३ टाकुरीको नामले चिनिने रुकुम पर्यटकीय दृष्टिकोणले संभावना बोकेको जिल्ला हो । हिमाल, तालतलैया, गाउँले परिवेश, मगर भेषभूषा र संकृतिसँगै समथर चौरजहारी फाँट पनि रुकुमै छ ।

215
सागर परियार
सोमवार, मंसिर ३, २०७५

खस भाषा र तथा मौलिकता बोकेको जुम्लाको सिञ्जा सभ्यता नेपालका पर्यटकीयको सूचीमा परेको छ । भाषा साहित्यको एक मात्रै महत्व बोकेको सिञ्जा–सभ्याता यतिखेर संकटमा पर्दै गएको छ । यहाँका शिलालेख, ऐतिहासिक स्थलहरू, पाण्डवगुफा, विराट दरबार, कनकासुन्दरी मन्दिरलगायत यहाँका काष्ठकला सबै बेवारिसे अवस्थामा छन् ।

296
कारोबार संवाददाता
सोमवार, मंसिर ३, २०७५

बाइसे–चौबिसे कालमा पश्चिम नेपालको विशाल राज्य थियो, जुम्ला । दुल्लू त्यही राज्यको हिउ“दे राजधानी । जुम्लामा हिउ“ पर्न थालेपछि दुल्लूमा हिउ“दे राजधानी बस्थ्यो । यहा“बाटै विशाल जुम्ला राज्यको प्रशासन चल्थ्यो ।

181
दीननाथ बराल
आइतवार, मंसिर २, २०७५

पोखरा क्षेत्रका होटलमा यति बेला पर्यटकले भरिभराउ भएका छन् । यस वर्षको पर्यटनको सिजनमा हिजोआज पोखरा क्षेत्रका पर्यटक स्तरीय होटलहरूमा विदेशी तथा आन्तरिक पर्यटक आमगनले गर्दा होटल भरीभराउ भएको व्यवसायिहरूले बताएका छन् । पोखराका ठूला तथा मध्यमस्तरका पर्यटक स्तरीय होटलमा हाल अधिकांश होटलको अकुपेन्सी करिब ७० देखि शतप्रतिशत रहेको व्यवसायीहरूले बताएका छन् भने साना होटलमा भने ६० प्रतिशत जस्तै अकुपेन्सी बताइन्छ ।

325
रासस
आइतवार, मंसिर २, २०७५

भरतपुर विमानस्थलको अवतरण र उडान क्षेत्रमा भौतिक संरचना निर्माणका कारण उच्च जोखिममा रहेको छ । यो विमानस्थलमा जहाज उडाउनका लागि निकै अनुभवी पाइलटले मात्रै सक्ने गर्दछन् । नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले भरतपुरलाई तराईको मिनी लुक्ला भनेर पाइलटहरूले भन्ने गरेको बताए । तराई र भित्री मधेशका सबैभन्दा जोखिमपूर्ण विमानस्थलका रूपमा भरतपुरलाई लिने गरिएको पनि उनको भनाइ थियो ।

123
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ३०, २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिने भएको छ ।

260
रासस
शुक्रवार, कार्तिक ३०, २०७५

‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ ।

221
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ३०, २०७५

नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटक शुल्क लिएको विरोधमा नगरकोटका व्यवसायीहरू आन्दोलित भएका छन् । भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीय स्थल नगरकोट जाने बाह्य देशका पर्यटकलाई दोहोरो कर तिर्नु परेको बिरोधमा नगरकोटका होटल व्यवसायी, पर्यटन व्यवसायी र होटल मजदुरहरूले बिहीबार राजधानीमा प्रदर्शन गरेका छन् ।

389
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ३०, २०७५

नेपाल वायुसेवा निगमले जहाज किन्न ल्याएको ऋणको चर्को ब्याजका कारण मासिक घाटा बढ्दै गएको भन्दै सरकार गुहारेको छ । निगमले बिहीबार स्वेतपत्र सार्वजनिक गर्दै पछिल्लो समय थप गरिएका वाइडबडी जहाजका कारण ऋणको भार थपिएकाले ब्याज दायित्वले दैनिक सञ्चालनको लागि तरलता अभाव हुने भन्दै सरकारसँग पुँजी वृद्धिको माग गरेको हो ।

196