विश्वकप अर्थतन्त्रका रोचक तथ्य
कारोबार संवाददाता
आइतवार, असार ३, २०७५
3625

१. एडिडासले प्रायोजन गरेका विश्व कपका टिमहरू १२ रहेका छन् । एडिडास विश्वकपको प्रायोजक पनि हो । नाइकले १० टिमलाई प्रायोजन गरेको छ भने पुमाले ४ टिमलाई । यसैगरी न्यू ब्यालेन्सले २ टिम र अम्ब्रोले अन्य ४ टिमलाई प्रायोजन गरेको छ ।
२. विश्वकपको फाइनल खेलका लागि सूची मूल्यका आधारमा सबैभन्दा सस्तो टिकट ११० डलरको रहेको छ । यो केबल रुसी नागरिकलाई मात्रै उपलव्ध हुने छ । सर्वाधिक महँगो टिकटको मूल्य १ हजार १ सय डलरसम्म रहेको छ । उद्घाटन म्याचहरूको टिकटको मूल्य ५० डलरदेखि ५५० डलर सम्म रहेको छ ।
३. २०१४ को विश्वकपमा अमेरिकामा सर्वाधिक महँगो विज्ञापनको मूल्य ११ लाख ८० हजार डलरको भएको स्ट्यान्डर्ड मिडिया इन्डेक्सले देखाएको छ ।
४. खेलको सुरुवात अगाडिसम्मको समयमा २४ लाख टिकट बिक्री भएको थियो । यो संख्याको टिकट खरिद गर्नेमा रुसमा ८ लाख ७१ हजार ७ सय ९७ रहेका छन् । दोस्रोमाअमेरिकी ८८ हजार ८ सय २५ र तेस्रोमा ब्राजिलको ७२ हजार ५ सय १२ रहेका छन् ।
५. ब्राजिलमा २०१४ मा भएको विश्वकपमा कुल सहभागीको संख्या ३४ लाख अर्थात प्रति खेल ५३ हजार ५ सय ९२ थियो । १९९४ मा अमेरिकामा भएको विश्व कपमा सर्वाधिक बढी सहभागी अर्थात ३६ लाख थिए ।
६. २०१४ को विश्व कपमा विश्व कप प्रायोजक एडिडासले ८० लाख जर्सी बिक्री गरेको थियो । फर्मले यो वर्ष यो भन्दा पनि बढी हुने अपेक्षा गरेको छ । विश्व कपमा इटाली, नेदरल्यान्ड्स र अमेरिकाको उपस्थिति बिना पनि फर्मले यो परिमाणमा जर्सी बिक्री हुने अपेक्षा गरेको हो ।
७. २०१४ को विश्वकपमा अमेरिका र पोर्चुगलबीच भएको खेलमा इएसपीएनको प्रशारणका १ करोड ८२ लाख टिभी दर्शक थिए । यो अमेरिकामा कुनैपनि समयमा हेरिएको पहिलो बढी दर्शक सहितको खेलकुद कार्यक्रम थियो ।
८. यस पटकको विश्व कप विजेताका लागि ३ करोड ८० लाख डलरको पुरस्कार राशी छुट्याइएको छ । उप विजेताले २ करोड ८० लाख डलर पाउने छ भने तेस्रो हुनेले २ करोड ४० लाख डलर पाउनेछ । पहिलो चरणको खेलबाट बाहिरिने टोलीमा पनि प्रत्येक टोलीले ८० लाख डलर पाउनेछन् ।
९. विगत १२ महिनाको अवधिम अर्जेन्टिनाका लियोनल मेसीले तलब, बोनस र विज्ञापन गरेर ११ करोड १० लाख डलर कमाएका थिए । उनी फ्लोइड मेवेदरपछि दोस्रो बढी कमाउने खेलाडी भएका छन् ।
१०. यो विश्व कपमा रुसले अनुमानित ११.६ अर्ब डलर खर्च गरेको छ ।