कारोबार संवाददाता
शुक्रवार, माघ १०, २०७६
438

भैरहवा- तानसेनमा ‘विजय दौड’ आयोजना हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै श्री गोरखदल गण तानसेन र पाल्पा जिल्लाका स्थानीय तहको आयोजनामा विजय दौड यही शनिबार (माघ १२ गते) आयोजना हुन लागेको गोरखदल गण, नागपोखरी व्यारेकका सेनानी मनोज डंगोलले बताए ।
‘विजय दौड’ अन्तरगत हाफ म्याराथुन (२१ किमि), ५ किमी दौड (कक्षा १२ सम्म अध्ययनरत छात्र छात्राबीच) तथा ३ किमी वाकाथुन हुने डंगोलले जनाए ।

हाफ म्याराथुनतर्फ प्रथम पुरस्कार ५० हजार, द्वितिय पुरस्कार ३० हजार, तृतिय पुरस्कार १५ हजार र सान्त्वना पुरस्कारबापत एक जनाले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै ५ कि.मी दौड तर्फ छात्रा-छात्र दुवैलाई प्रथम पुरस्कार २०-२० हजार, द्धितीय पुरस्कार १०-१० हजार, तृतिय पुरस्कार ५-५ हजार र सान्त्वना पुरस्कार २-२ हजार रुपैयाँ रहेको छ ।