कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
359

एनसेल बाह्रखरी गल्फ तेस्रो संस्करणको विजेता टाशी छिरिङ भएका छन् । छिरिङले उपाधिसँगै गोल्डेन बल जितेका छन् ।
उनले बाह्रखरी गल्फले सगरमाथा क्षेत्रमा आयोजना गरेको प्रतियोगिता निकै नौलो भएको बताएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले विजेता छिरिङलाई गोल्डेन बल तथा ट्रफीले सम्मान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले बाह्रखरीले आयोजना गरेको यो कार्यक्रमले नेपालको पर्यटन प्रबद्र्धनलाई सहयोग पुगेको बताए ।

“प्रतिकूल मौसमका बाबजुद पनि बाह्रखरीले कार्यक्रम सम्पन्न गर्न सफल भयो । प्रतियोगिता सम्पन्न गर्न सजिलो थिएन । जसका लागि बाह्रखरीले निकै मेहनत गर्नुप¥यो र मेहनत अनुसारको फल पनि प्राप्त भयो,” मन्त्री भट्टराईले भने, “विश्वको अग्लो स्थानमा गल्फ प्रतियोगिता गरेर नयाँ रेकर्ड राख्नुका साथै नेपालको पर्यटनलाई पनि अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्न सहयोग गरेको छ ।”
पहिलो टीएफ गर्ने खेलाडी विकास राणाले आफ्नो लागि बाह्रखरी गल्फको तेस्रो संस्करणले आफूलाई अचम्मित तुल्याएको बताए । “मैलै टीएफमा पहिलो सहभागिता जनाएको थिएँ । योजना अनुसार नै कार्यक्रम सम्पन्न भएको थियो,” उनले भने । गल्फ प्रतियोगिताले नेपालको पर्यटकीय क्षेत्रमा राम्रो प्रभाव पार्ने उनको विश्वास छ ।