कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६
405

धनगढी प्रिमियर लिग (डीपीएल)को चौथो संस्करण आगामी फागुनमा हुने तय भएको छ । प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै डीपीएल फागुन पहिलो साताबाट सुरु हुने जानकारी दिएको हो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा फागुन ३ देखि प्रतियोगिता सुरु भई फागुन १५ गते समापन हुनेछ । प्रतियोगितामा ६ टिमको सहभागीता रहनेछ । उक्त क्रिकेट प्रतियोगिताको पुरस्कार नेपालकै सर्वाधिक धनराशिको हुने आयोजकले बताएको छ ।

 


सातामा धेरै पढिएको