कारोबार संवाददाता
सोमवार, श्रावण ६, २०७६
473

नेपालमा हक्की खेलेर विश्व रेकर्ड राख्ने बेलायती हक्की खेलाडीलाई ‘नेपाल भ्रमण वर्ष २०२०’ सचिवालयले सम्मानित गरेको छ । नेपाल भ्रमण वर्ष–२०२० सचिवालयले बेलायती हक्की खेलाडीलाई आइतबार सचिवालयको कार्यालय केशरमहलमा एक औपचारिक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।
सचिवालयले सबैभन्दा उच्च ठाउँमा हक्की खेलेर नयाँ कृतिमान कायम गरेको भन्दै बेलायती खेलाडीहरूलाई सम्मान गरेको हो । खेलाडीहरूलाई नेपाल भ्रमण वर्ष–२०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले ढाकाटोपी, खादा र ब्याच लगाएर सम्मान गरे । गत जुलाई १६ मा मुस्ताङको थोरङ ५ हजार १९ मिटरमा हक्की खेल्ने ३४ जना टोलीलाई सम्मान गरिएको हो ।

बेलायतबाट विश्व कीर्तिमान राख्न आएको टोलीमा २ जना त्यहाँका राष्ट्रिय टिमका सदस्यसमेत थिए । बेलायतस्थित लिंकन स्कुलमा अध्ययनरत हक्की खेलाडीसँगै प्रबन्धक एन्डी हेलिडेले नेपाल निकै सुन्दर भएको भन्दै यहाँ आएर विश्व कीर्तिमान राख्न पाउँदा खुसी लागेको बताए । नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको नेपाललाई शुभकामना दिँदै उनले भने, आफू फेरि चाँडै नेपाल भ्रमणमा आउने बताए ।
कार्यक्रममा बोल्दै संयोजक वैद्यले नेपाललाई स्पास्र्ट टुरिजमको नयाँ गन्तव्यका रूपमा विकास गर्नका लागि सचिवालयले काम गरिरहेको बताए । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउँदै २० लाख पर्यटक नेपाल भिœयाउने लक्ष्य लिएको छ ।