कारोबार संवाददाता
बुधवार, श्रावण १, २०७६
345

कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेश स्रघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता–२०७६’ आयोजना गर्ने भएको छ ।
काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष जीवन गिरीले कपिलवस्तुको तिलौराकोटलाई विश्वभर चिनाउने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको जानकारी दिए । प्रतियोगितामा करिब १०० खेलाडीले प्रतिष्पर्धा गर्ने छन् । ६ तौल समूहमा (५५, ६०, ६५, ७०, ७५, ७५ केजी) गराइने विजेतालाई दुई लाख पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा आफ्नो वजन समूहका अन्य विजेतालाई क्रमशः १५ हजार, दश हजार र पाँच हजार पुरस्कार प्रदान गरिने छ । काठमाडौँ बडीबिल्डिङ सङ्घबाट उक्त प्रतियोगिताका लागि २५ जना सहभागी हुने जनाइएको छ ।