कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६
261

थाईल्याण्डको पतायामा भएको छैटौं एशियन यू–२० जुनियर कुराश च्याम्पियनसीपमा नेपालले कास्य पदक प्राप्त गरेको छ । महिला ५७ केजी तौल समूहमा कृति शर्माले नेपालका लागि कास्य दिलाएकी हुन् ।
८ राष्ट्रको प्रतिस्पर्धा रहेको ५७ केजी तौलको सेमिफाइनलमा शर्मा कुराश खेलका लागि निकै नै राम्रो मानिने उज्वेकिस्तानकी खेलाडी मामासाहेवा ईरोदासँग पराजित भएकी संघकी महासचिव प्रतिक्षा खरेलले जानकारी गराइन् । प्रतियोगितामा सहभागी हुन शर्मासहित विपल तुलाधर र शेरबहादुर घर्ती पनि थाईल्याण्डमा छन् । बाँकी खेलाडीहरुको प्रतिस्पर्धा बिहिबार हुनेछ ।