दीननाथ बराल
आइतवार, जेठ १२, २०७६
597

पोखरा-बक्सिङका अन्तर्राष्ट्रिय पदकधारी खेलाडी चित्रबहादुर गुरुङ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने भएकाछन् । खेलकुदको क्षेत्रमा लागेर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक सहित खेलकुदमा महत्वपूर्ण योगदान दिएको भन्दै नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले उनलाई पोखरा स्पोर्टस् अवार्डको अवसरमा यही जेठ २४ गते लाइफ टाइम अचिभमेन्ट अवार्ड २०७५ बाट सम्मान गर्ने भएको हो ।
वर्ष खेलाडी सहित उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा ३-३ जना मनोनयमा परेका खेलाडी एवं प्रशिक्षकहरूको नाम शनिबार पोखरामा आयोजित पत्रकार भेटघाटमा सार्वजनि गरिएको हो । गुरुङले ११ औं एशियाली खेलकुद प्रतियोगिता २०४७ चनीको बेजिङमा कास्य पदक, तेश्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता कोलकोक्ता २०४४ रजत पदक, चौथो दक्षिण एशियाली खेलकुद पाकिस्तानमा भएको खेलमा २०४६ सालमा स्वर्ण पदक हात पार्न सफल भएका थिए । उनीले हाल वन विज्ञान अध्ययन संस्थान, पोखरामा खेल शिक्षकको रुपमा कार्यरत रहेकाछन्। उनलाई चाँदी जडित ट्रफी, ताम्रपत्र, दोसल्लाले सम्मान गरिने भएको महासचिव विजय नेपालले बताए ।

वर्ष खेलाडी पुरुषतर्फ स्क्वासका अमृत थापा, प्याराग्लाइडिङका युकेश गुरुङ र फुल कन्याक्ट कराँतेका रुपक नेपाली मनोनयमा परेका हुन्। सवै खेलाडीले आठौं राष्ट्रिय खेलमा स्वर्ण पदक ल्याएका थिए भने गुरुङले १३ औं एसियाली खेलकुदमा रजत पदक जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए । एसियाली प्याराग्लाइडिङमा उनले सामुहिक रुपमा सहभागि भएका थिए ।
वर्ष खेलाडी महिलातर्फ टेनिसकी प्रीति बराल, सुटिङका श्रेया केसी र फुल कन्याक्ट कराँतेका सुस्मी श्रेष्ठ मनोनयनमा परेका हुन्। बरालले ८ औं खेलकुदमा रजत पदक ल्याएकी थिइन भने अन्य खेलाडीले स्वर्ण पदक ल्याएका थिए । वर्ष उदियमान खेलाडीहरूमा क्रिकेटका अर्जुन कुमाल, आर्चरीकी अनुष्का शेरचन र आइटिएफ तेक्वान्दोका सुस्मिता थापा मगर मनोनयनमा परेका हुन्। त्यसै गरी वर्ष उत्कृष्ट प्रशिक्षकमा फुल कन्याक्टका दीपक गोदार, ह्याण्डवलका भीमशेन शाक्य र हक्कीका राजेन्द्र पाठक मनोनयनमा परेका छन्।

मञ्चले यस वर्ष चर्चित खेलाडीको समेत अवार्ड प्रदान गर्ने भएको मञ्चका अध्यक्ष एकराज गिरीले बताए । विभिन्न विधामा मनोनयनमा परेका खेलाडीहरूलाई दर्शकहरूले एवं आम खेलकुदकर्मीले दिएको एसएम भोटिङले उक्त विधाको निर्णय हुने मञ्चका सल्लाहकार रामकृष्ण ज्ञवालीले बताए । उक्त अवसरमा वर्ष mउत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड समेत प्रदान गरिने भएको उनले जनाए ।
‘समृद्धिका लागि खेलकुद’ मूलमन्त्रका साथ आयोजना हुने उक्त अवार्ड पोखरा सभागृहमा हुने भएको हो भने सो कार्यक्रम सम्पन्न नर्ग करिब १७ लाख खर्च लाग्ने अध्यक्ष गिरीले बताए । उक्त अवर्डाको साथमा विभिन्न सांस्कृतिक कार्यक्रम खेलकुदको डेमो समेत प्रर्दशन हुने भएको उनले जनाए ।
उक्त अवार्डमा वर्ष उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र वर्ष उत्कृष्ट महिला खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलाडीहरूले पु-याएको योगदानको मुल्याङकन गरी उक्त अवार्ड वितरण गरिने भएको महासचिव विजय नेपालले बताए । खेलाडीहरूको हौसला प्रदान गर्न पनि अवार्डलाई निरन्तरता दिदै आइएको उनले जनाए । अवार्डको साथमा उत्कृष्ट खेल संस्थालाई १५ हजार, उत्कृष्ट पत्रकारलाई २० हजार प्रदान गरिने भएको छ भने अन्य विधामा जनही २५ हजार प्रदान गरिने भएको छ ।
बतास ब्रर्दश प्रालिकोे मुख्य प्रायोजनामा, गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, हङकङ ब्यूर्टी न्स्टिच्यूट, सामसुङ मोवाइल वल्र्ड कनेक्सन, क्षेत्रिय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समितिलगायतको सहयोग रहने भएको मञ्चले जनाएको छ ।