कारोबार संवाददाता
बुधवार, बैशाख ११, २०७६
396

गैरआवासीय नेपाली संघ (एनआरएनए) को तर्फबाट आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी दोर्जे नथम शेर्पाले पौडीतर्फ एनआरएनएलाई ३ स्वर्ण दिलाएका छन् । शेर्पाले ४०० मिटर पौडीमा एनआरएनएलाई स्वर्ण पदक दिलाएका हुन् ।
दोर्जे नोथम शेर्पाले पौडीमा ३ स्वर्ण प्राप्त गरिसकेका छन् भने एनआरएनएले अहिलेसम्म ४ स्वर्ण सहित १ रजत, ५ कास्य पदक प्राप्त गरिसकेको एनआरएनए युवा तथा खेलकुद विभाग प्रमुख तथा संयोजक सुदन कुमार थापाले जानकारी दिए ।