कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
306

जुनियर फुटबल एकेडेमी (जेएफए नेपाल)का खेलाडीहरुविरुद्ध उनीहरुका अभिभावकले मैत्रीपूर्ण खेल खेलेका छन् । आइतबार ललितपुर सानेपास्थित ललितपुर फाइभ ए साइट फुटसलमा एकेडेमीका खेलाडी तथा अभिभावकबीच प्रतिस्पर्धा भएको हो ।
एकेडेमीका संस्थापक तथा प्रमुख प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीका अनुसार विद्यार्थी र अभिभावकबीच खेल हुँदा उनीहरुबीचको दूरी अझै कम हुने साथै एक अर्काको मनोविज्ञान बुझ्ने, घरको वातावरण अझै शान्त र सहज हुने, मित्रवत् व्यवहार हुने तथा अभिभावकको स्वभावको बारेमा बच्चाहरुलाई थप ज्ञान हुने हुनाले यस्तो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम जुनियर फुटबल एकेडेमीले हरेक तीन–तीन महिनामा आयोजना गर्दै आएको छ ।