कारोबार संवाददाता
सोमवार, असार २, २०७६

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७६-७७ का लागि आइतबार २८ अर्ब १६ करोडको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

179
केशव समर्पण
सोमवार, असार २, २०७६

प्रदेश–३ सरकारले आगामी आर्थिक वर्ष २०७६-७७ को लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको आइतबारको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले चालू आवको तुलनामा ११ अर्ब ९९ करोड २१ लाख रुपैयाँ बढीको अनुमानित आय व्यय विवरण प्रस्तुत गरेका हुन् ।

196
कारोबार संवाददाता
सोमवार, असार २, २०७६

प्रदेश नम्बर २ को सरकारले आगामी आर्थिक वर्ष २०७६-०७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटमा चालूतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार (४९.८१ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार (५०.१९ प्रतिशत) विनियोजन गरिएको छ ।

214
मीनकुमार नवोदित
सोमवार, असार २, २०७६

प्रदेश नम्बर १ सरकारले भौतिक पूर्वाधार र कृषिलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा आइतबार प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरे । कुल विनियोजनमध्ये चालूतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रतिशत, पुँजीगततर्फ २३ अर्ब ४७ करोड ३९ लाख ३४ हजार अर्थात् ५५.९ प्रतिशत रहेको छ ।

191
गोबिन्द खत्री
सोमवार, असार २, २०७६

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कूल विनियोजन मध्ये चालूतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँ रहेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्य आन्तरिक राजस्वबाट २५ करोड १० लाख ४१ हजार, चालू आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने अनुमानित रकम ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार, संघीय सरकारबाट राजस्व बाँडफाँड वापत प्राप्त हुन आएको रकम ७ अर्ब ४४ करोड ४३ लाख रहेको छ ।

164
दीननाथ बराल
सोमवार, असार २, २०७६

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आइतबार बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा चालूतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

212
कारोबार संवाददाता
सोमवार, असार २, २०७६

मुलुकका सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०७६-७७)का लागि कुल २ खर्ब ६० अर्ब रुपैयाँ बरारबरको आयव्यय अनुमान (बजेट) प्रस्तुत गरेका छन् । संघीय सरकारले बजेट प्रस्तुत गरेपछि प्रदेश सरकारले बजेट पेश गर्ने कानुनी व्यवस्थाअनुसार सातवटै प्रदेश सरकारले आइतबार आगामी बजेट ल्याएका हुन् ।

273
मनोरञ्जन शर्मा
आइतवार, असार १, २०७६

प्रदेश नम्बर ५ को सरकारले आगामी आर्थिक वर्ष २०७६-७७ को बजेट आज (आइतबार) सार्वजनिक गर्दै छ । प्रदेश सरकारले जेठ ९ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट ल्याउन लागेको हो ।आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवार लिएका मुख्यमन्त्री शंकर पोखरेलले ३४ अर्ब रूपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेका छन् ।

179
केशव समर्पण
आइतवार, असार १, २०७६

प्रदेश–३ सरकारले आगामी आव २०७६-७७ को बजेट आज (आइतबार) सार्वजनिक गर्दैछ । चालू आवमा बजेट खर्च गर्न नसकिरहेको प्रदेश सरकारले आगामी आवमा बजेटको आकार बढाएर करिब ४८ अर्ब बनाएको बुझिएको छ ।

297
कारोबार संवाददाता
आइतवार, असार १, २०७६

मुलुकले संघीय गणतन्त्रात्मक व्यवस्था लागू गरेपछि आइतबार सातवटै प्रदेशले दोस्रोपल्ट बजेट ल्याउँदैछन् । आफनो प्रदेशको राजस्व अर्थात् आम्दानी तथा संघीय बजेटबाट प्राप्त विभिन्न शिर्षकका अनुदान जोडेर कूल आय तथा आफ्ना प्रादेशिक महत्वका विकास योजनाका लागि खर्च छुट्याएर बजेट ल्याउनेछन् ।

323
मनोरञ्जन शर्मा
आइतवार, जेठ २६, २०७६

प्रदेश ५ को सरकारले आगामी आर्थिक वर्ष २०७६-७७ को बजेटको तयारी अन्तिम चरणमा पु¥याएको छ । प्रदेश सरकारले जेठ ९ गते नै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । सोही नीति तथा कार्यक्रमलाई आधार बनाएर बजेट निर्माण भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव किशोर जोशीले बताए ।

389
ज्ञानमणि नेपाल कालोटोपी
आइतवार, जेठ २६, २०७६

सरकारले आगामी आर्थिक वर्ष ०७६-७७ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । विनियोजित रकममध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख र पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख निर्धारण गरिएको छ । त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख विनियोजन गरिएको छ । बजेटको स्रोतमध्ये राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख तथा ४ खर्ब ९३ अर्ब ८३ करोड बराबरको रकम वैदेशिक ऋण र अन्य स्रोतबाट बेहोरिनेछ ।

405
कारोबार संवाददाता
आइतवार, जेठ २६, २०७६

संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै बजारमा अधिकांश सामानको मूल्य बढेको छ । बजेटमा करका दर बढेसँगै बजारमा व्यवसायीले दैनिक उपभोग्य वस्तुमा मनपरी ढंगले मूल्य बढाएका हुन् । विशेष गरी हरियो तरकारी, चामल, तेल, चिनी, दाललगायतका वस्तुमा मूल्य बढेको छ । व्यवसायीले पसलैपिच्छे फरक र मनपरी मूल्य लिई उपभोक्ता ठगिरहेका छन् ।

1765
कारोबार संवाददाता
शुक्रवार, जेठ २४, २०७६

सरकारको आगामी आर्थिक वर्षको बजेटलाई लिएर संघीय संसद्का सांसदहरूले अर्थमन्त्री डाक्टर युवराज खतिवडासँग प्रश्नको वर्षा गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटलाई लिएर सांसदहरूले अर्थमन्त्री खतिवडासामु प्रश्नको वर्षा गरेका हुन् । सांसदहरूले प्रश्न सोध्ने क्रममा मुलुकभित्र रोजगारी सिर्जना गरी युवालाई वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था सिर्जना गर्ने भन्दै घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न योजना प्रभाककारी हुन नसकेको गुनासोसमेत पोखे ।

828
कारोबार संवाददाता
बुधवार, जेठ २२, २०७६

नेपाली कांग्रेसका सांसद एवं वरिष्ठ उद्यमी विनोद चौधरीले समृद्ध नेपाल निर्माणका लागि बजेटको स्वरूपमा नै परिवर्तन हुनुपर्ने बताएका छन् । बजेटमा विकास खर्च कम्तिमा ६० प्रतिशत र चालू खर्चलाई ४० प्रतिशत हुनुपर्नेमा उनको जोड छ । प्रतिनिधिसभामा जारी आगामी आर्थिक वर्षको बजेट २०७६-७७ माथिको छलफलमा सहभागी हुँदै सांसद चौधरीले बजेटमा चालू खर्चको अंश ६२.४ प्रतिशत र पुँजीगत खर्चको अंश २६.६ प्रतिशत विनियोजन हुनुले आगामी आर्थिक वर्षमा पनि विकास निर्माणमा तिब्रतर गति हासिल हुन नसक्ने आशंका व्यक्त गरे ।

527