कारोबार संवाददाता
सोमवार, चैत्र १८, २०७५

भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा अपांगता भएकी लक्ष्मीदेवी घिमिरेलाई घरमै गएर नागरिकता दिइएको छ । टेम्केमैयुङ गाउँपालिकाको वडा नंं. तीन निवासी घिमिरेलाई प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले घरैमा पुगेर नागरिकता प्रदान गरेका हुन् ।

382
कारोबार संवाददाता
सोमवार, चैत्र १८, २०७५

सोलुखुम्बुबाट काठमाडौं जाँदै गरेको स्कर्पियो ओखलढुंगामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । स्कर्पियोमा सवार ९ मध्ये २ जना घाइते भएका छन् । स्कर्पियो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ७ थाक्लेमा दुर्घटना भएको हो ।

426
रासस
आइतवार, चैत्र १७, २०७५

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन सम्पन्न भएको छ । २५ औं केन्द्रीय कार्यसमितिका लागि देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए । शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन भएको थियो । बारको २५ सदस्यीय कार्यसमितिका लागि ६३ जनाले उम्मेदवारी दिएका थिए ।

377
कारोबार संवाददाता
आइतवार, चैत्र १७, २०७५

नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसका अवसरमा गोरखास्थित कारोबारकर्मी अनुपमा खनाल पुरस्कृत भएकी छिन् । १० हजार रुपैयाँ राशिसहितको तुलसी स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट खनाल पुरस्कृत भएकी हुन् ।

352
कारोबार संवाददाता
आइतवार, चैत्र १७, २०७५

प्रदेश २ मा एसईई परीक्षा स्थगित भएको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच बाराको जीतपुरमा झडप भएको छ । झडपमा परी प्रहरी र विद्यार्थी घाइते भएका छन् भने एक अभिभावकको हातमा गोली लागेको छ ।

469
कारोबार संवाददाता
शुक्रवार, चैत्र १५, २०७५

भारतीय विदेश सचिव विजय गोख्ले दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आएका छन् । सचिव गोख्ले नेपालका परराष्ट्र सचिव शंकरदास बैरागीको निमन्त्रणामा नेपाल आएका हुन् ।

425
कारोबार संवाददाता
शुक्रवार, चैत्र १५, २०७५

चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा लमजुङमा २० जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २३ जना र आव ०७३-७४ मा पनि २३ जनाले आत्महत्या गरेका थिए ।

451
कारोबार संवाददाता
शुक्रवार, चैत्र १५, २०७५

अपांगता सम्बन्धी सरोकार राख्ने विभिन्न संस्थाका प्रतिनिधिहरुले सडक निर्माणको क्रममा अपांगमैत्री सडक नबनाएको भन्दै जोरपाटी सडक पेटी भत्काएका छन् । यसअघि उनीहरुले चाबहिल–जोरपाटी सडक निर्माण गर्दा अपांगमैत्री संरचना नबनाएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलाई निर्माणस्थलमै बोलाएर विरोध जनाएका थिए ।

479
नवराज कार्की
शुक्रवार, चैत्र १५, २०७५

कारागार भन्नासाथ सबैले अपराधमा सजाय भुक्तानका लागि अभियुक्तलाई राखिने उच्च सुरक्षायुक्त ठाउँ भन्ने अनुमान गर्छन् । तर, ओखलढुंगाको जिल्ला कारागार हेर्दा भत्किएको भग्नावशेष जस्तो लाग्छ ।

369
रासस
शुक्रवार, चैत्र १५, २०७५

बुटवलमा बुधबार भएको फिरोज खानको हत्यामा संलग्नलाई कारवाही र शान्ति सुरक्षाको माग गर्दै व्यवसायीले बिहीबार इलाका प्रहरी कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएका छन् ।

287
कारोबार संवाददाता
बिहिवार, चैत्र १४, २०७५

जिल्ला प्रहरी कार्यालय बाँकेले नेत्रविक्रम चन्द (विप्लव) का ४ नेतालाई पक्राउ गरेको छ ।

389
रासस
बिहिवार, चैत्र १४, २०७५

काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि नयाँ सडक आसपासका पाँच स्थानमा ‘स्मार्ट पार्किङ’ शुरु गर्ने भएको छ । महानगरले ब्हिल्स ट्रलीयोर्स प्रालिसँगको सहकार्यमा यो सेवा शुरु गर्न लागेको हो ।

582
कारोबार संवाददाता
बिहिवार, चैत्र १४, २०७५

सैनिक जनसम्पर्क तथा सूचना निर्देशकको जिम्मेवारी सहायकरथी विज्ञानदेव पाण्डेले पाएका छन् । दाङस्थित १९ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी पाण्डेलाई सैनिक मुख्यालय जङ्गी अड्डाले सेनाको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

380
महादेव अवस्थी
बिहिवार, चैत्र १४, २०७५

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूर मुद्दामा सबै प्रहरीहरु धरौटीमा रिहा भएका छन् । रिहा भएका प्रहरीहरुबाट कञ्चनपुर जिल्ला अदालतले ५० लाख जरिवाना असुल गरेको छ । जिल्ला अदालतले बुधबार केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका तत्कालिन डिएसपी अंगुर जिसीलाई नौ लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ ।

431
कारोबार संवाददाता
बुधवार, चैत्र १३, २०७५

लमजुङमा चैत अन्तिम साता १२ औँ राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ । शान्तिका अग्रदूत बुद्धको सन्देशलाई विश्वसामु फैलाउन चैत २३ र २४ गते राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

477