कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

पछिल्लो समयमा डडेल्धुराका किसान व्यावसायीक अग्र्यानिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । बजारमा पाइने विषादी प्रयोग गरिएको तरकारीले स्वास्थ्यमा असर पर्न थालेपछि यहाँका किसान व्यावसायिक अग्र्यानिक तरकारी खेतीमा आकर्षित भएका हुन् ।

598
मातृका दाहाल
मंगलबार, जेठ २२, २०७५

गृह मन्त्री राम बहादुर थापा बादलले चीनबाट डलर र सुन तस्करी हुने गरेको भन्दै नियन्त्रणका लागि चिनियाँ सरकारसँग आग्रह गरेका छन् ।

2204
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

लामो समयदेखि कायम रहेको कालिकोट र अछामको सीमा विवाद प्राविधिक टोलीबाट टुंग्याउने सहमति भएको छ । कालिकोट नरहरीनाथ गाउँपालिका वडा ८ र ९ लालु र अछाम पञ्चदेवल विनायक नगरपालिकाको वडा नं. ८ र ९ बीच रहेको कालेगाडा सीमा विवाद प्राविधिक टोलीले टुंग्याउने सहमति भएको हो ।

426
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

५१ लाख रुपैयाँ नगद र ३ करोड ५६ लाख रुपैयाँको चेकसहित ७ जना हुन्डी कारोबारी प्रहरी फन्दामा परेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले न्युरोडका ७ जना व्यापारीलाई हुन्डी कारोबार गरेको अभियोगमा नगद तथा चेक गरी करिब ४ करोडसहित उनीहरुलाई पक्राउ गरेको हो ।

2962
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

सर्भिस फर पिस नेपालले सिस्नेरी खोला पतेनी खानेपानी आयोजना निर्माण सम्पन्न गरि स्थानीयलाई हस्तान्तरण गरेको छ । सोमबार सर्भिस फर पिस नेपालका निर्देशक सरोज खनाल र नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगानाले आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरेका हुन् ।

803
मेगराज खड्का
सोमवार, जेठ २१, २०७५

घरमा शौचालय नबनाए सरकारी सेवा सुविधा नदिइने गरेको समाचार त आउने गरेका थिए । तर, के घर लिपपोत नगरे पनि सरकारी सेवा नपाइने गरेको कतै सुन्नुभएकोे छ ? तर अचम्म मान्नुपर्दैन । नयाँ जिल्ला बनेको रुकुम पूर्वको भूमे गाउँपालिकामा यस्तै नियम बनाइएको छ ।

813
सागर परियार
सोमवार, जेठ २१, २०७५

तराईदेखि हिमालसम्म परनिर्भरताले छोएपछि नेपालीहरू अधिकांश आयातित वस्तुमा निर्भर हुन थालेका छन् । लगाउने लुगादेखि खाने चामलसम्म पनि आयात हुने गरेको छ । खेतीयोग्य जमिन बाँझै छ । नेपालमै उत्पादित बाली पनि आयातितभन्दा महँगो हुन थालेपछि बिक्री हुन सकेको छैन ।

827
कारोबार संवाददाता
सोमवार, जेठ २१, २०७५

व्यावसायिक रूपमा तरकारी तथा फलफूल उत्पादनमा लागेका उदयपुरका कृषकले अग्र्यानिक उत्पादन बढाउन थालेका छन् । रासायनिक मल र विषादीको प्रयोगले मानव स्वास्थ्य र जमिनको उर्वरा शक्तिमा प्रतिकूल असर पार्ने थाहा पाएपछि कृषकले किटनाशक विषादी र रासायनिक मलको प्रयोग घटाउन थालेका हुन् ।

1223
कारोबार संवाददाता
सोमवार, जेठ २१, २०७५

जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं. ९ दलित महिला वडा सदस्य मना सार्की (आइती)को शनिबार राति शंकास्पद मृत्यु भएको छ । खाना खाएर घरमा सुतेकी सार्कीको बिहान मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

751
कारोबार संवाददाता
सोमवार, जेठ २१, २०७५

प्रदेश नम्बर २ को सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सहिद परिवारलाई रोजगारी दिएको छ । मधेश आन्दोलनमा सहिद भएका रामविवेक यादवकी धर्मपत्नी अनिलाकुमारी यादवलाई मुख्यमन्त्री लालबाबु राउतले मुख्य न्यायधिवक्ताको कार्यालयमा नियुक्ति दिएका हुन् ।

612
कारोबार संवाददाता
सोमवार, जेठ २१, २०७५

आइतबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका साढे ३३ किलो सुन तस्करीका अभियुक्त डेबिट भनिने छिरिङ वाङ्देल घलेलाई पुर्पक्षका लागि जेल चलान भएका छन् ।

1183
कारोबार संवाददाता
सोमवार, जेठ २१, २०७५

तनहुँ जिल्ला अदालतले जिम्मेवारी सरी आएको र नयाँ दर्ता भएको मुद्दामध्ये ६० प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । अदालतले वैशाख मसान्तसम्म जिम्मेवारी सरी आएको र नयाँ दर्ता भएको मुद्दा मध्ये ६ सय ८२ थान मुद्दा फछ्र्योट गरेको हो ।

937
कारोबार संवाददाता
सोमवार, जेठ २१, २०७५

नेपाली समाजमा चिनिएका केही व्यक्तित्वका क्यारिकेचर नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको छ । ३४ जना कार्टुनिस्टले तयार पारेका करिब चार दर्जन क्यारिकेचरमा राष्ट्रकवि माधव घिमिरे, डा. अभि सुवेदी, तुलसी दिवसदेखि युवा क्रिकेटर सन्दीप लामिछानेसम्मका क्यारिकेचर प्रदर्शनीमा राखिएको छ ।

886
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा उपभोक्ता समितिले सडक निर्माण योजनामा लक्ष्यभन्दा बढी परिणामको काम गरेका छन् ।

608
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

प्रदेश नम्बर ५ को सबैभन्दा सुगम र विकसित मानिने बाँके जिल्लामा ५८ प्रतिशत गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरिएको छ । बाँकेभन्दा निकै पछाडि परेका मानिएका पहाडी जिल्ला रुकुम, दाङ, प्यूठान र रोल्पामा कम गरिब रहेको सो तथ्यांकले देखाएको छ ।

756