कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् ।

946
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

दाङमा माछापालनको क्षेत्रमा ७ करोड रुपैयाँभन्दा बढी लगानी भएको छ । राज्यले माछापालन गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न थालेपछि माछापालकको संख्यासमेत बढेको छ ।

1073
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

डडेल्धुराका किसान व्यावसायिक रूपमै बाख्रापालन गर्न थालेका छन् । बाख्रापालनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका युवा किसानले व्यावसायिक रुपमै बाख्रापालन गर्न थालेका हुन् ।

632
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

अछामका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले ८ महिनादेखि स्थानीय भत्ता नपाएको गुनासो गरेका छन् । जिल्लामा कार्यरत ५१६ जना स्वास्थ्यकर्मीले चालू आवको कात्तिक महिनादेखि स्थानीय भत्ता नपाएपछि सम्बन्धित निकाय र अधिकारीसमक्ष पटकपटक गुनासो गरे पनि अहिलेसम्म कुनै वास्ता नगरिएको बताएका छन ।

866
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

‘इच्छा शक्ति भए कामका लागि भौतारिनु पर्दैन’ भन्ने उदाहरण दिएका छन् डडेल्धुरा र डोटीका गिट्टी कुटेर जीविकोपार्जन गर्ने व्यवसायी । डडेल्धुराको स्याउलेदेखि डोटीसम्मको केआई सिंह राजमार्गको छेउछाउ आइत र कोटेलीका महिला गिट्टी बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् ।

459
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

पोखरामा दृष्टिविहीनहरूले सञ्चालन गरेको ‘उज्यालो बजार’ मा आगलागी हुँदा करिब ३ करोडबराबरको क्षति भएको छ । शुक्रबार राति करिब ११ः०० बजेतिर लागेको आगो करिब ४ घण्टापछि मात्र नियन्त्रण हुँदा करिब ३ करोड मूल्यबराबरको माल सामानको क्षति भएको उज्यालो बजार प्रतिष्ठानका अध्यक्ष पर्वती शर्माले बताइन् ।

543
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

सिन्धुलीका धर्मगुरुहरू कुरिती अन्त्यका लागि संगठित भएका छन् । विभिन्न धर्मका गुरुहरू समाजमा व्याप्त रहेको कुरिती अन्त्य गर्नका लागि आ–आफ्नो धर्मको माध्यमबाट जनचेतना फैल्याउन संगठित भएका हुन् ।

895
कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५

उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा रहेका समस्या र जटिलता छिट्टै हल गर्ने बताएका छन् ।

871
नीरज पिठाकोटे
आइतवार, जेठ २७, २०७५

उखरमाउलो गर्मीका कारण तराईको जनजीवन प्रभावित भएको बेला तराईकै एक गाउँपालिकामा भने बाढीका कारण गाउँ नै प्रभावित भएको छ । प्रदेश नम्बर २ को पर्सा जिल्लाको दुर्गम स्थानको रूपमा रहेको ठोरी गाउँपालिकाको ठोरी गाउँ बाढीले प्रभावित भएको हो ।

668
कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५

सरुमारानी गाउँपालिका–४ ले सूचना प्रवाहका लागि ‘डिजिटल डिस्प्ले’ सञ्चालनमा ल्याएको छ । वडा कार्यालयका महत्वपूर्ण सूचनाहरू नागरिकसमक्ष सहज ढंगले प्रवाह गर्ने उद्देश्यले ‘डिजिटल डिस्प्ले’ सञ्चालनमा ल्याइएको वडा कार्यालयले जनाएको छ ।

600
रेशमराज रोकाया
आइतवार, जेठ २७, २०७५

हुम्लाका किसानले परम्परागत बाली फापरको उत्पादन वृद्धि होस् भन्दै वनदेवताको पूजा गरेका छन् । हुम्लाको पुरानो र बढी उत्पादन हुने फापर बाली राम्रो होस् भन्दै वनदेवताको पूजा गर्ने चलन छ । नाम्खा गाउँपालिका–१ लेकधिँगामा फापर राम्रो होस् भन्दै पूरा गरिएको हो ।

979
प्रकाश पाक्साँवा
आइतवार, जेठ २७, २०७५

तेह्रथुमका किसान परम्परागत बाली लगाउन छाडेर नगदेबालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँका युवा रोजगारीको खोजी गर्दै विदेश पलाउन हुन थालेपछि किसानले परम्परागत बाली लगाउन छाडेर नगदेबाली सुरु गरेका हुन् ।

936
मेगराज खड्का
आइतवार, जेठ २७, २०७५

रुकुमका किसानले व्यवसायिक पशुपालनबाट विभिन्न लाभ लिन थालेका छन् । दूध र दही बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका किसानले पछिल्लो समयमा गहुँत बेचेर समेत राम्रो कमाइ गर्न थालेका छन् । मुसिकोट नगरपालिकाका एक किसानले गहुँत बिक्रीबाटै मासिक ३ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

792
कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई दुई जनसांस्कृतिक महासंघ नेपाल (पूर्व एमाले र माओवादी केन्द्रका सांस्कृतिक संगठन) ले तीन प्रज्ञा–प्रतिष्ठान नगाभ्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

1823
कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५

नेपाली कांग्रेसका संस्थापक तथा पहिलो नेपाली चलचित्र सत्य हरिश्चन्द्रका निर्माता÷निर्देशक डीबी परियारका सम्बन्धमा खोजमूलक कृति प्रकाशित भएको छ ।

399