तेह्रथुममा रासायनिक मलको अभाव भएको छ । बाली लगाउने बेला नै मल अभाव भएपछि किसान समस्यामा परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्य समितीलाई आइतबार प्रधानमनत्री निवास बालुवाटारमा बधाइ दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
विराटनगर महानगरपालिकामा आइतबार शक्तिशाली बम विस्फोट भएको छ । महानगरको दोस्रो तलामा दिउँसो २ बजे प्रेसर कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
शुक्रबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा दाहाल यज्ञनिधिका आफन्त र शुभेच्छुकहरु निराश स्थितिमा भेटिएका थिए ।
दार्चुला नेपाल, भारत र चीनको त्रिदेशीय सीमा जोडिएको जिल्ला हो । दार्चुला जिल्ला लालीको रतौडादेखि लिपुलेकसम्म भारतसँग १ सय ९८ किलोमिटर र लीपुलेक देखि बझाङ जिल्लासम्मको १५ किलोमिटर चीनसँग सीमा जोडिएको छ । सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर दार्चुला नम्बर ५० गुल्म दार्चुलामा रहेको छ ।
भ्रष्टाचारविरुद्ध लामो समयदेखि कलम चलाउँदै आएका अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापालाई यस वर्षको ‘गोगो फाउण्डेसन अवार्ड’ बाट सम्मानित गरिएको छ ।
श्रृखलाबद्ध रुपमा हत्या, चोरीलगायातका घटना बढ्दै गएपछि जुम्लामा सुरक्षा चुनौती बढेको छ । १ महिनाको अवधीमा गम्भिर प्रकृतिका घटना बढ्दै जान थालेपछि जुम्लामा सुरक्षा चुनौती बढ्दै गएको हो ।
नेपालीमा चर्चित उखान छ –नानी पाउनु कहिले कहिले, कोक्रो बुन्नु अहिले ! सहरदेखि गाउँ तथा दूरदराजसम्म नै यो उखान चर्चित छ । सरकारले पनि यो उखानसँग ठ्याक्कै मेल खानेगरी राहदानी ऐनमै ‘सिम्यान्स पासपोर्ट’को व्यवस्था गर्न लागेको छ ।
विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा गुण्डा नाइके गणेश लामालाई एक वर्ष कैद सजाय र १ करोड ४० लाख जफत गर्ने आदेश गरेको छ ।
अमेरिकाले नेपाली सेनामाथि लगाएको घातक हातहतियार सहायता प्रतिवन्ध फुकुवा गरेको छ । तत्कालिन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि डेढ दशक अघि लगाइएको अमेरिकी हातहतियार सहायता (लेथल असिस्टेन्स) प्रतिवन्ध फुकुवा गर्दै आगामी दिनमा सैन्य सहायतालाई निरन्तरता दिने गरी बाटो खोलिदिएको हो ।
अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काई ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ । हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै यूएस आर्मीको ‘इन्डो प्यासिफिक कमान्ड’ मार्फत अमेरिकाले ४ वटा ‘फिक्स विङ’ स्काई ट्रक अनुदान सहायतास्वरूप उपलब्ध गर्न लागेको हो । यी जहाज अमेरिकाबाट छिट्टै नेपाल आउने सेनाले जनाएको छ ।
प्रधानसेनापति राजेन्द्र क्षेत्री नियमित अवकासअघि १ महिना लामो घरबिदामा बस्ने भएपछि बिहीबार (आज)बाट वरिष्ठतम रथी पूर्णचन्द्र थापाले नेपाली सेनाको कमान्ड सम्हाल्ने भएका छन् ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले ४० वर्ष लामो सैनिक सेवाबाट बिदा हुनुअघि ३ सातामा ३ दर्जनभन्दा बढी ब्यारेक निरीक्षण गरेका छन् ।
२०७३ फागुन २३ गते तत्कालिन नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत सप्तरीको मलेठमा पाँच जनाको ज्यान जाने गरी भएको घटनाको सत्यतथ्य बुझ्न प्रदेश २ सरकारले गठन गरेको उच्चस्तरीय समितिले छानबिन सुरु गरेको छ ।
आमा म एकछिन खेलेर आउँछु है भन्दै प्रायः फुटबल खेल्न जाने काठमाडौँ महानगरपालिका–३२ काँडाघारी टाउन प्लानिङस्थित चमेली खड्काको ११ वर्षीय छोरा निशान खड्काको फुटबल खेलाडी बन्ने सपना अधूरै बनेको छ ।