प्रकाश पाक्साँवा
सोमवार, असार ४, २०७५

तेह्रथुमको लालिगुराँस नगरपालिका फुलेकका दिलबहादुर पौडेलले दूध बिक्रीबाटै गरेको आम्दानीले १२ रोपनी जग्गा जोडेका छन् । विगत २० वर्षयता लगातार गाई र भैंसीपालन गरेर दूध उत्पादन गर्दै आएका पौडलले दूध बेचेरै १२ रोपनी जग्गा किनेका हुन् ।

564
कारोबार संवाददाता
सोमवार, असार ४, २०७५

पाकिस्तानका सेनापति जनरल जुबाइर मोहम्मद हायात ४ दिने औपचारिक भ्रमणका क्रममा नेपाल आउने भएका छन् । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको निमन्त्रणमा पाकिस्तान आम्र्ड फोर्सका कमान्डर जनरल हायात सोमबार नेपाल आउने भएका हुन् ।

965
कारोबार संवाददाता
आइतवार, असार ३, २०७५

नेपाली सेनाले महासेनानी बढुवा नियम र कानुन सम्मत रहेको दावी गरेको छ । बरिष्ठ प्रमुख सेनानीहरुलाई पन्छाएर जुनियरलाई बढुवा सिफारिस गरिएकोबारे आमसञ्चार माध्यममा समाचार आएपछि सैनिक मूख्यालयले स्पष्टिकरण दिदै बढुवा सैनिक नियमावली २०६९ र त्यस अन्तर्गतका व्यवस्था अनुसार नै भएको दावी गरेको हो ।

1687
मातृका दाहाल
आइतवार, असार ३, २०७५

गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ डीआइजीहरुलाई अवकास दिने मनसायले अतिरिक्त महानिरीक्षक (एआइजी)को बढुवा रोकेको छ ।

2376
कारोबार संवाददाता
आइतवार, असार ३, २०७५

वैदेशिक रोजगारीका सिलसिलामा ७ वर्षभन्दा लामो समयसम्म खाडी मुलकमा रगत र पसिना बगाएका झापाको कमल गाउँपालिका–२ का डिल्लीराम पौड्यालले स्वदेश फर्किएर तरकारी खेतीबाटै मनग्य आम्दानी गर्न थालेका छन् ।

921
कारोबार संवाददाता
आइतवार, असार ३, २०७५

अन्नभण्डार मानिने बर्दियाको राजापुरमा रहेको धान जोनलाई सुपरजोनमा परिणत गरी सञ्चालनमा ल्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत दुई वर्षअघि सञ्चालनमा आएको धान जोनलाई सुपरजोनका रुपमा सञ्चालनमा ल्याइएको हो ।

1461
कारोबार संवाददाता
आइतवार, असार ३, २०७५

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले बनाएको स्वास्थ्य केन्द्र हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले संयुक्त रूपमा सिन्धुपाल्चोक जिल्लास्थित नवनिर्मित बाह्रबीसे प्राथमिक स्वास्थ्य सेवा केन्द्र हस्तान्तरण गरेका हुन् ।

1067
मातृका दाहाल
आइतवार, असार ३, २०७५

गृह मन्त्रालयले सञ्चालनका क्रममा रहेका तथा सञ्चालनका लागि सरकारबाट स्वीकृति लिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)को करिब १ खर्ब रुपैयाँमाथि छानबिन अघि बढाएको छ ।

1775
मातृका दाहाल
शुक्रवार, असार १, २०७५

गृह मन्त्रालयले देशभर सञ्चालनमा रहेका गैरसरकारी संस्थाको चल-अचल सम्पत्तिमाथी छानविन थालेको छ । गैरसरकारी संस्था मार्फत साम्प्रदायिक सद्भावमा खलल पुराउनुका साथै धर्म परिवर्तनलाई प्रसये दिने गरेको निस्कर्ष सहित देशभरका प्रशासन कार्यालयले उनीहरुको चल-अचल सम्पत्तिमाथी छानविन थालेको हो ।

2048
कारोबार संवाददाता
शुक्रवार, असार १, २०७५

म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले कृषकलाई व्यवसायिक पशुपालनतर्फ आकर्षित गराउन चालू आर्थिक वर्षमा २१ लाख रुपैयाँभन्दा बढी अनुदान वितरण गरेको छ ।

828
कारोबार संवाददाता
शुक्रवार, असार १, २०७५

दाङका जनप्रतिनिधिहरुले सहकारीहरुलाई कृषि क्षेत्रको उत्पादन वृद्धि गर्नेतर्फ लगानी गर्न सुझाव दिएका छन् । जिल्ला सहकारी संघ तथा तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा सहकारी विभागको सहयोगमा भएको स्थानीय विकासमा सहकारी अभियानको भूमिका विषयक अन्तक्र्रियामा जनप्रतिनिधिहरुले कृषिमा लगानी गर्न सहकारीलाई सुझाव दएका छन् ।

695
कारोबार संवाददाता
शुक्रवार, असार १, २०७५

दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको धितोमा ऋण प्रदान गर्न कार्यविधि बनाउन सरकारसँग माग गरेका छन् ।

642
कारोबार संवाददाता
शुक्रवार, असार १, २०७५

ताराखोला गाउँपालिका–२ अर्गलमा बिहीबार अपराह्न भएको जीप दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । घुस्मेलीदेखि अर्गल भातखाने डाँडा जाँदै गरेको ग १ ज ६०३४ नंको जीप दुर्घटना हुँदा ताराखोला –३ का वडा सदस्य २४ वर्षीय हेमन्त घिमिरे र ५४ वर्षीय हरिराम गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

547
कारोबार संवाददाता
शुक्रवार, असार १, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेनाले काठमाडौं–तराई दु्रतमार्गको बारेमा जानकारी गराएको छ ।

913
मातृका दाहाल
शुक्रवार, असार १, २०७५

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले महासेनानी बढुवासम्बन्धी ‘विवादास्पद’ सिफारिस गरेपछि रक्षा मन्त्रालयले रोकिदिएको छ । अवकास हुनु केही महिनाअघि वरिष्ठ र भावी सेनापतिका दावेदार मानिएका अधिकृतहरूलाई पन्छाएर कनिष्ठसहित ४० जनालाई बढुवाका लागि सिफारिस गरेपछि उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले महासेनानी बढुवासम्बन्धी सैनिक मुख्यालयले गरेको प्रस्ताव २ महिनादेखि रोकेका हुन् ।

1227